Rashtriya Dainik

पाल्हिनन्दनमा नरेन्द्र गुप्ताको घरदैलो : आधारभूत सेवा सुधार र पूर्वाधार विकासमा जोड

बिनोद निगम / नवलपरासी ,१० फागुन

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यसैक्रममा नरेन्द्र गुप्ता ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट पाल्हिनन्दन गाउँपालिकाको वडा नं. ४, ५ र ६ मा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।
गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै गुप्ताले शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता आधारभूत सेवामा सुधार आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन्। “नागरिकले आधारभूत सेवा सहज रूपमा पाउनुपर्छ, राज्यको पहिलो दायित्व त्यही हो,” उनले घरदैलोका क्रममा भने।
उनले विशेषगरी कमजोर, विपन्न तथा पछाडि पारिएका वर्गका नागरिकको अधिकार सुनिश्चित गर्न संसद्मा नीतिगत पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
पूर्वाधार र दीर्घकालीन योजना
गुप्ताले शहरी विकास तथा भौतिक पूर्वाधार निर्माणलाई दीर्घकालीन योजना अन्तर्गत अघि बढाउने बताएका छन्। गाउँस्तरमा सडक सञ्जाल विस्तार, स्वच्छ खानेपानीको पहुँच, गुणस्तरीय शिक्षा, कृषिको आधुनिकीकरण र स्वास्थ्य सेवाको सुदृढीकरणमा जोड दिने उनको भनाइ छ।
“गाउँको विकास बिना समग्र क्षेत्रको समृद्धि सम्भव छैन,” उनले थपे।


युवाको उल्लेख्य सहभागिता
घरदैलो कार्यक्रममा युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो। जेनजी पुस्तासहित विभिन्न वर्गका युवा, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारण नागरिकको उपस्थिति बाक्लो रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी युवाहरूले विकासमुखी नाराबाजी गर्दै चुनावी माहोललाई उत्साहपूर्ण बनाएका थिए। समर्थकहरूले “नरेन्द्र गुप्ता जिन्दाबाद” जस्ता नाराहरू लगाउँदै उनको जित सुनिश्चित हुने दाबीसमेत गरेका छन्।
स्थानीय चासोका विषय
स्थानीय बासिन्दासँगको भेटघाटमा रोजगारी, कृषि उत्पादनको बजार व्यवस्थापन, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर, खानेपानीको समस्या तथा ग्रामीण सडकको अवस्था प्रमुख चासोका विषय बनेका थिए।
गुप्ताले यी विषयलाई आफ्नो प्राथमिक कार्यसूचीमा राख्दै निर्वाचित भए कार्यान्वयनमा केन्द्रित हुने प्रतिबद्धता जनाएका छन्।

निर्वाचन नजिकिँदै जाँदा क्षेत्र नं. २ मा उम्मेदवारहरूको घरदैलो, भेटघाट र कोणसभा कार्यक्रम तीव्र बन्दै गएको छ। पाल्हिनन्दनका वडामा गुप्ताको सक्रियतासँगै चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको स्थानीयको भनाइ छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित