Rashtriya Dainik

रमेश रिजाललाई अत्यधिक मतले विजयी गराउने स्थानीयको प्रतिबद्धता

राजन कुमार बानियाँ/ पर्सा , ९ फागुन

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत छिपहरमाई गाउँपालिका वडा नम्बर ३ का झलमहिया, जयमंगलापुर र बुडगायी गाउँमा नेपाली कांग्रेस को घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले उल्लेखनीय सहभागिता जनाउँदै कांग्रेसका उम्मेदवार रमेश रिजाललाई अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयले उहाँलाई आशीर्वाद दिँदै विकास र समृद्धिका एजेन्डामा अघि बढ्न पूर्ण समर्थन रहने बताएका थिए।
कार्यक्रममा उम्मेदवार रिजालसँगै कांग्रेसका नेता शंकर प्रसाद चौधरी, रमेश पाण्डे, नवीन सिंह, श्रीकान्त प्रसाद यादव, धर्मेन्द्र कुमार पटेल तथा वडा नम्बर ३ का बुथ सभापति कृष्ण सिंहलगायतको उपस्थिति रहेको थियो।
घरदैलोका क्रममा रिजालले जनताका समस्या, गुनासा तथा सुझावलाई ध्यानपूर्वक सुन्दै आगामी दिनमा जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्र नम्बर ४ मा कांग्रेसले प्रचार–प्रसार अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित