राजन कुमार बानिया /पर्सा, ७ फागुन पर्साको जगरनाथपुर गाउँपालिका–४ मा बिहीबार पर्सा क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल घरदैलो कार्यक्रममा पुग्दा मतदाताले भव्य स्वागत गर्दै समर्थन जनाएका छन्। नेपाली कांग्रेस का उम्मेदवार रिजाल घरघरमा पुगेर मत माग्ने क्रममा स्थानीयवासी स्वस्फूर्त रूपमा बाहिर निस्किएर टीका लगाउँदै स्वागत गरेका थिए। महिला, युवा तथा ज्येष्ठ नागरिकको उल्लेख्य सहभागिताले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। घरदैलोका क्रममा रिजालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिएका थिए। साथै, ती समस्याको समाधानका लागि कांग्रेसका योजनाबारे पनि अवगत गराएका थिए। कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्तप्रसाद यादव, कांग्रेसका जिल्ला सह–सचिव नवीन सिंह, क्षेत्रीय सचिव बलिष्टर अहमद, नेपाल महिला संघ पर्साकी सभापति किरण शर्मा, वडाध्यक्ष, वडा सदस्य तथा कांग्रेसका स्थानीय नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। पर्सा–४ मा चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवारहरू घरदैलोमार्फत मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।