प्रकाशचन्द्र खतिवडाको कत्ले आम

पश्चातापले निल्न सकेन
अवोधनानीहरुको वीभत्स संहार हँुदापनि
म हाँसिरहेछु निर्लज्ज
दिइन समवेदना
मनाइनशोक
दम्भपालेर बसें
समय रोएर गयो
म हाँसेर बसें ।

इतिहासको कठघरामा
उभ्भिनु छैनमैले
म फलाम जस्तो चिसो मान्छे
बग्दैन आँखाबाट आँसु
प्रकट हुँदैन संवेदना
मानवताचिच्च्यायो भन्थे
आमाहरुको श्रापलाग्ने छैनमलाई
हाहाहुहुमै ढल्यो सत्ता
बन्यो नयाँ सरकार
म समर्थन गर्नेछैन
लेख्ने छु
नोट अफ डिसेण्ट ।

मेरा हनुमान
मलाई पुज्ने छन देवता ठानी
म हेर्ने छु
तिनीहरुको उत्तेजितअनुहार
तिनीहरु वरदानमाग्दै
पापमोचनको याचना गर्छन
म तथास्तु भनि दिन्छु ।

मलाई हत्याराको आरोपलगाएर
विपक्षीहरु नौटङ्कीदेखाइ रहेछन
म स्वीकार्दिन आरोप
मैले देशबचाउनु थियो
मैले सत्ता टिकाउनु थियो
चलाइन्छ गोली
देशको अमन चयन खल्बल्याइए पछि ।

मेरो नैतिकतामाप्रश्न नउठाउ
म नैतिकताबन्धक राखेर
सत्ताको सौदावाजी गर्छु
मलाई प्यारो छ कुर्सी
प्रतिकृयावादी संग गला मिलाउँछु
दक्षप्रजापतिको रुपधारण गर्छु
अपवित्रै किननहोस
दर्शन र सिद्धान्तलाई तिलाञ्जलीदिएर
सत्ता गठबन्धन गर्दै
राष्ट्रिय ढिकुटीमा पौडी खेल्छु ।

मलाई नपढाउ स्वतन्त्रताको पाठ
मलाई मान्यछैनस्वतन्त्रता
मान्यछैनमानवअधिकार
म निरङ्कुशताको प्रतीकहँु
सत्ता टिकाउन
म कत्ले आम गर्छु ।

प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित