Rashtriya Dainik

भ्यालेन्टाइन सप्ताह : आज ‘प्रपोज डे’, कसरी राख्ने प्रेम प्रस्ताव ?

काठमाडौं,२५ माघ । आज भ्यालेनटाइनको दोस्रो दिन हो र यो दिनलाई प्रपोज डेको रुपमा मनाइन्छ । आजको दिन युवा युवती आफ्नो मनको कुरा भन्ने गर्छन् । आफूलाई मनपरेको व्यक्तिका लागि आफ्ना भावना र प्रेमलाई मन खोलेर व्यक्त गर्नका लागि यसलाई राम्रो दिन मानिन्छ ।

यदि तपाईंले मन पराउने व्यक्तिले पनि तपाईंलाई मन पराउँछ भने निश्चित रुपमा तपाईंको प्रपोज (प्रस्ताव) स्वीकार हुन्छ ।

तर प्रेम व्यक्त गर्नेबेला केही कुरा ध्यानमा पनि राख्नुपर्छ नभए प्रस्ताव अस्वीकार हुन पनि सक्छ । यदि तपाईं पनि आजको दिनमा कोही विशेषलाई प्रपोज गर्न चाहनुहुन्छ भने यस्ता गल्ती गर्नबाट बच्नुहोस् ताकि तपाईंको प्रपोजल रिजेक्ट नहोस् ।

यस्तो छ इतिहास

विशेषतः युवायुवतीबीच प्रख्यात छ, प्रणय दिवस। यो दिवस पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानीसँग सम्बन्धित छ। तत्कालीन रोमनको सम्राट क्लाउडियस द्वितीयलाई आफ्ना सैनिकहरू प्रेम र विवाहमा लागे भने सैनिक सेवा प्रभावित हुन्छ भन्ने डर थियो। त्यसैले आफ्नो राज्यमा प्रेम गर्न निषेध गरेका थिए।

सोही राज्यका सन्त पादरी भ्यालेन्टाइनले सम्राट्को निर्णय धर्मविरुद्ध हो भन्ने मान्थे। उनलाई अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने लाग्थ्यो। त्यसैले भ्यालेन्टाइनले युवायुवतीलाई प्रेम गर्न प्रेरित गर्दै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरे।

आफ्नो आदेश नमानेको निहुँमा पादरी सन्त भ्यालेन्टाइनलाई सम्राट्ले ईपू २७० को १४ फेबु्रुअरीका दिन मृत्युदण्ड दिए। उनै पादरीको सम्झनामा यो दिनलाई प्रणय दिवसको रूपमा मनाउने चलन सुरु भयो। जसले प्रेमका लागि जीवन उत्र्सग गरे।

जब भ्यालेन्टाइन मारिने निश्चित भयो, उनले आफ्नो श्रीमती जुलियाको नाममा पत्र लेखे। पत्रको अन्तिममा उनले तिम्रो भ्यालेन्टाइन लेखेका थिए।

उनको चिहान वरपर उनकी श्रीमतीले अल्मोन्डको बिरुवा रोपेकी थिइन्। अल्मोन्डको बिरुवालाई आज पनि प्रेमको प्रतीकको रूपमा लिइन्छ।

हतार नगर्नुहोस्ः

पुरुष धेरैजसो प्रस्ताव राख्न हतार गर्छन्, यस्तो गर्दा कुरा बिग्रन सक्छ । तपाईंहरु केही दिन अघि मात्रै भेट्नुभएको छ र एक–अर्कालाई राम्रोसँग नचिनिकन तपाईंले प्रपोज गरिदिनुहुन्छ भने तपाईंको प्रस्ताव अस्वीकार हुनसक्छ ।

यसका लागि एक–अर्कालाई राम्रोसँग चिन्नुहोस्, साथी बन्नुहोस् र त्यसपछि मात्रै आफ्नो मनको कुरा भन्नुहोस् ।

खास स्थान र समयको खोजी

प्रेम प्रस्ताव राख्नका लागि उचित स्थान र समयको खोजी गरौं । यस्तो स्थान, जहाँ निर्धक्क प्रस्ताव राख्न सकियोस् । प्रेम व्यक्त गर्न सकियोस् । कुनै अड्चन व्यहोर्न नपरोस् । यसका लागि समयको पनि ख्याल गर्नुपर्छ ।

क्यान्डल लाइट डिनर

आफुले मन पराएको व्यक्तिलाई कुनै रेष्टुरेन्ट वा कतै डिनरको लागि निम्तो गर्न सकिन्छ । त्यहाँ केहि पूर्व तयारी गर्नैपर्छ । डिनर गर्ने स्थानमा क्यान्डिल लाइट, मधुर धुन र मिठो सुगन्धको व्यवस्था गर्न सकिन्छ । यहि पृष्टभूमीमा मिठो परिकारको स्वाद लिदै आफ्नो प्रेम व्यक्त गर्न सकिन्छ ।

उपहार

प्रेम व्यक्त गर्ने माध्याम हो, उपहार । यस्तो उपहार छनौट गरौं, जसमा आफ्नो प्रेम व्यक्त होस् । उपहारको छनौट गर्दा यो पनि ख्याल गरौं कि, उनको रुची के छ ? के मन पराउँछ ?

प्रेमी-प्रेमिकाको रुची, सौखलाई पनि सकेसम्म उपहारले सम्बोधन गर्न सकोस् । उपहारले हाम्रो सोंच र क्षमता पनि दर्शाउन सक्छ । हामीले कस्तो उपहार छनौट गर्छौ, के आधारमा गर्छौं, त्यसलाई कसरी दिन्छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

भर्चुअल माध्यामबाट

अहिले प्रेम प्रस्ताव राख्ने विधी र तौर तरिकामा पनि फरकपन आएको छ । प्रेम व्यक्त गर्नका लागि मोवाइल वा सामाजिक संजालको प्रयोग गर्न सकिन्छ । तर, ख्याल राख्नुपर्ने कुरा के भने, यस्ता माध्यामहरु त्यती प्रभावकारी हुँदैन, जति भौतिक उपस्थितीमा हुने गर्छ । अर्को महत्वपूर्ण कुरा के पनि भने, फेसबुक वा यस्तो भर्चुअल माध्यामबाट प्रेम प्रस्ताव राख्दा शिष्ट शैली अपनाउनुपर्छ ।

#फेब्रुअरी ७
यो दिनलाई रोज डे भनिन्छ । अर्थात् उपहार स्वरुप गुलाबको फूल दिन दिने । आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्यम हो, गुलाब । खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ ।
#फेब्रुअरी ८
प्रपोज डे अर्थात् प्रेम प्रस्ताव राख्ने दिन । आफूले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो ।
#फेब्रुअरी ९
यसलाई चकलेट डेको रुपमा मनाइन्छ । यस दिन आफ्ना प्रेमी-प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ ।
#फेब्रुअरी १०
टेडी डे भनिन्छ । डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्‍याउन सकिन्छ ।
#फेब्रुअरी ११
यस दिनलाई प्रमिस डे भनिन्छ । अर्थात् वाचा गर्ने दिन । एकअर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो ।
#फेब्रुअरी १२
अब पालो आयो चुम्बनको । प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ । यसले सच्चा प्रेमको संकेत गर्छ ।
#फेब्रुअरी १३
यस दिनलाई हग डे भनिन्छ । अंकमाल गर्ने दिन । आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो ।
#फेब्रुअरी १४
यो प्रेम उत्कर्षमा पुग्ने दिन हो । यस दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस भनिन्छ । प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव हो यो दिन । यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन सकिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित