राष्ट्रिय दैनिक / नवलपरासी ,२० माघ नेपाल नेत्र ज्योति संघअन्तर्गत सञ्चालनमा रहेको डा. विनोद–निता कण्डेल आँखा अस्पताल, परासीको ३६औँ वार्षिक वार्षिकोत्सवको अवसरमा १६१ जना बिरामीलाई निःशुल्क आँखा परीक्षण तथा फलफूल वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम नेपाल नेत्र ज्योति संघ नवलपरासी शाखाका सभापति देवेन्द्रराज कण्डेलको अध्यक्षता तथा अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष मञ्जु कण्डेलकाे बिशेष उपस्थितमा सम्पन्न भएको हाे। पुर्व गृहराज्यमन्त्री समेत रहनुभएकाे देबेन्द्रराज कण्डेलले भन्नुभयो , “हाम्रो प्राथमिक उद्देश्य समुदायका सबै वर्गलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउनु हो। नियमित आँखा परीक्षण र समयमै उपचारले दृष्टि जोगाउन महत्वपूर्ण भूमिका खेल्दछ। हामीले यस अस्पतालमार्फत ग्रामीण र विपन्न समुदायलाई निःशुल्क तथा सहुलियत दरमा सेवा प्रदान गर्दै आएका छौँ र यो अभियानलाई निरन्तरता दिन प्रतिबद्ध छौँ।” वार्षिकोत्सवमा अस्पतालका व्यवस्थापन समिति सदस्य, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी परिवारको समेत सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा आँखा स्वास्थ्य सम्बन्धी जानकारीमूलक सत्र र बिरामीहरूसँग प्रत्यक्ष संवाद पनि गरिएको थियो। नेपाल नेत्र ज्योति संघमार्फत सञ्चालन हुँदै आएको उक्त अस्पतालले स्थापना कालदेखि नै ग्रामीण तथा विपन्न समुदायलाई लक्षित गरी निःशुल्क तथा सहुलियत दरमा आँखा उपचार सेवा प्रदान गर्दै आइरहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।