राजन कुमार बानिया पर्सा १९ माघ नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले पर्साको छिपहरमाई गाउँपालिकामा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। छिपहरमाई गाउँपालिका वडा नम्बर–५ भिस्वामा आयोजित घरदैलो कार्यक्रममा उम्मेदवार रिजालले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए। घर–घरमा पुगेर उनले मतदाताका गुनासा, अपेक्षा र स्थानीय समस्या सुन्दै कांग्रेसको नीति, कार्यक्रम तथा विकास योजनाबारे जानकारी गराएका थिए। घरदैलोका क्रममा रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना र आधारभूत पूर्वाधार विकासलाई आफ्नो प्राथमिक एजेन्डा रहेको उल्लेख गर्दै यी क्षेत्रको सुधारका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। उनले जनताको भरोसा र समर्थनबाट मात्र क्षेत्रको समग्र विकास सम्भव हुने बताउँदै लोकतन्त्र सुदृढ गर्न नेपाली कांग्रेसलाई साथ दिन मतदातासमक्ष अपिल गरेका थिए। स्थानीय मतदाताहरूले उम्मेदवार स्वयं घरमै आएर समस्या सुनेकोमा सकारात्मक प्रतिक्रिया जनाएका छन्। उनीहरूले छिपहरमाई क्षेत्रको दीर्घकालीन र समावेशी विकासका लागि स्पष्ट योजना र निरन्तर जनसम्पर्क आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। कांग्रेस उम्मेदवार रिजालले आगामी दिनहरूमा पनि छिपहरमाई गाउँपालिकाका विभिन्न वडामा घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।