कृषि, शिक्षा, युवा र पर्यटन विकासलाई प्राथमिकता : जसपा उम्मेदवार देबेन्द्र यादव

बिनोद निगम / नवलपरासी ,माघ १३

पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार देबेन्द्र यादवले कृषि, शिक्षा, युवा र पर्यटन विकासलाई आफ्नो प्रमुख निर्वाचन एजेन्डा बनाउँदै चुनावी धारणा सार्वजनिक गर्नुभएको छ।
रामग्राम नगरपालिकाको बैरेहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार यादवले आफू कृषि पृष्ठभूमिबाट आएको, स्वयं किसान तथा शिक्षण संस्थाका सञ्चालकसमेत रहेको उल्लेख गर्नुभयो। “म किसानको छोरो हुँ, आफैं कृषि गर्दै र विद्यालय सञ्चालन गर्दै आएको व्यक्ति हुँ। त्यसैले जनताको दुःख, पीडा र समस्या नजिकबाट बुझेको छु,” उहाँले भन्नुभयो।
यादवले आफूलाई जेन्जी (Gen Z) पुस्तासँग नजिक रहेको युवा प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै युवाहरूको हक, अधिकार र अवसरका लागि संसद्मा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो। जेन्जी युवाको भविष्य सुरक्षित बनाउने, रोजगारी सिर्जना र अवसर विस्तारका विषयलाई सदनमा जोडदार रूपमा उठाउने उहाँको भनाइ थियो।
रामग्राम क्षेत्रको समग्र विकास आफ्नो प्रमुख लक्ष्य रहेको बताउँदै उम्मेदवार यादवले रामग्राम स्तुपलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको जानकारी दिनुभयो। यसबाट स्थानीय रोजगारी सिर्जना हुने र आर्थिक गतिविधि विस्तार हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी, गरिब, पीडित तथा पछाडि परेका समुदायको हक–हितका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउँदै सामाजिक न्यायलाई आफ्नो राजनीतिक प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो।


शिक्षा क्षेत्रमा लामो अनुभव रहेको बताउँदै यादवले गुणस्तरीय, पहुँचयोग्य र व्यवहारिक शिक्षा विकासमा विशेष जोड दिने बताउनुभयो। “शिक्षा नै समृद्धिको आधार हो, त्यसैले यस क्षेत्रमा ठोस सुधार आवश्यक छ,” उहाँले जोड दिनुभयो।
समग्रमा, उम्मेदवार देबेन्द्र यादवले कृषि, शिक्षा, युवा, पर्यटन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ लाई दिगो विकासको मार्गमा अघि बढाउने लक्ष्यसहित निर्वाचनमा होमिएको स्पष्ट पार्नुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot