आजको राशिफल – Today’s Horoscope २०८२ माघ १३ गते (२७ जनवरी २०२६) मंगलवार, माघ शुक्लपक्ष नवमी तिथि। भरणी नक्षत्र, ९ः१५ बजेपछि कृत्तिका। चन्द्रराशि मेष, १४ः५१ बजेपछि वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। काममा शुभचिन्तकहरूले साथ दिनेछन्। दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। आम्दानीका स्रोत बढ्नेछन्। वृष – Taurus इ, उ, ए, ओ, बा, बि, बु, बे, बो सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ। दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। मिथुन – Gemini का, कि, कु, घ, ङ, छ, के, को, ह आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। मध्याह्नपछि आकस्मिक खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ। यात्रा गर्ने अवसर जुट्नेछ। जोखिम उठाउनुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ। कर्कट – Cancer हि, हु, हे, हो, डा, डि, डु, डे, डो नियमित काम गर्दै दिगो काम प्रारम्भ गर्न सकिनेछ। रोकिएको काम बन्नेछ भने गरेका काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यवसायमा लगानी गर्दा पनि मनग्य धनलाभ हुनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। मेहनत गर्दा आम्दानीका नयाँ स्रोतसमेत फेला पर्नेछन्। साँझतिर आकस्मिक समस्याले केही खर्च गराउला। सरसापटमा पनि धन बाहिरिन सक्छ। सिंह – Leo मा, मि, मु, मे, मो, टा, टि, टु, टे बेलामा सगज नहुँदा थालेकाे काम राेकिन सक्छ। कमजाेर नतिजा सच्याउन कुनै काम दोहोर्याउनुपर्ला। धेरै समय अरूका काममा अलमल हुनेछ। मध्याह्नदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। कन्या – Virgo टो, प, पि, पु, ष, ण, ठ, पे, पो बेलामा होस नपुर्याउँदा समस्या पर्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। आफ्ना कमजोरी भरसक नदर्साउनु होला। दिउँसोदेखि स्थितिमा सुधार आउनुका साथै गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ। तुला – Libra र, रि, रु, रे, रो, ता, ति, तु, ते पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। नयाँ व्यवसाय थालनी हुनेछ। मनोरञ्जनको समय छ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। दिउँसोदेखि विवादास्पद जिम्मेवारी आउन सक्छन्। अस्वस्थताले काममा बाधा पुर्याउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाएरै फाइदा उठाउन सकिनेछ। वृश्चिक – Scorpio तो, ना, नि, नु, ने, नो, या, यि, यु पहिलेको सफलताले हौसला जगाउनेछ र आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सम्पादन हुनेछ। पछिका लागि समेत विशेष काममा जग बसाउने मौका छ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। यात्राका बीच साँझतिर अतिथिका रूपमा सत्कार पाइनेछ। रमाइलो पारिवारिक भेटघाट हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। धनु – Sagittarius ये, यो, भ, भि, भु, ध, फा, ढ, भे अस्वस्थताले केही बाधा पुर्याउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। केही काम राेकिए पनि गुरुजनको सहयोग तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। मध्याह्नपछि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूले हार खानेछन्। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। मकर – Capricorn भो, ज, जि, खि, खु, खे, खो, गा, गि बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला। कुम्भ – Aquarius गु, गे, गो, सा, सि, सु, से, सो, द विभिन्न अवसर प्राप्त हुनुका साथै सफलताको यश प्राप्त गर्ने समय छ। सफलताले काममा पनि उत्साह जगाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउनेछन्। श्रमबाट मनग्य धनलाभ हुनेछ। दिउँसोदेखि आफन्तबाट सावधानी अपनाउनुहोला। व्यसायमा काम बिग्रनाले केही दौडधुप गर्नुपर्ने हुन सक्छ। मीन – Pisces दि, दु, थ, झ, ञ, दे, दो, च, चि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन्। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। आयआर्जनका स्रोत बढ्नेछन्। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। राेकिएको काम बन्नाले नयाँँ काम गर्न सकिनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।