पश्चिम नवलपरासीमा निर्वाचन गतिविधि तीव्र, कांग्रेस क्षेत्र नं. १ को निर्वाचन कार्यालय गोपिगन्जमा उद्घाटन

आरपि उपाध्याय /नवलपरासी ,१२ माघ

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पश्चिम नवलपरासीका क्रियाशील राजनीतिक दलहरूले निर्वाचन कार्यालय स्थापना तथा भेला कार्यक्रमलाई तीव्रता दिएका छन्।
यसैक्रममा नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १, पश्चिम नवलपरासीको आयोजनामा सोमबार गोपिगन्जमा निर्वाचन कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राधेश्याम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य पाठकले पार्टीको केन्द्रीय महाधिवेशन विधिसम्मत रूपमा गर्न आग्रह गरिए पनि तत्कालीन नेतृत्वबाट सम्भव हुन नसक्दा तत्कालीन महामन्त्री गगन थापाको अगुवाइमा भएको विशेष महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा दिएको बताए। उनले पार्टीको हितविपरीत कार्य गर्न कसैलाई छुट नभएको उल्लेख गर्दै नेपाली कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको जिकिर गरे। केही लोभी वर्ग पार्टीबाट अलग्गिए पनि पार्टीको विजय यात्रालाई कसैले रोक्न नसक्ने दाबी समेत उनले गरे।

कार्यक्रममा नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष विक्रमप्रसाद यादवले निर्वाचन क्षेत्र नम्बर १ मा पार्टीको संगठन बलियो रहेको बताउँदै यस क्षेत्रबाट कांग्रेसको सफलता सुनिश्चित रहेको धारणा व्यक्त गरे। उनले सम्पूर्ण क्रियाशील सदस्य तथा आम मतदातालाई उच्च मनोबलका साथ पार्टीका आधिकारिक उम्मेदवारलाई मतदान गर्न आग्रह गरे।

लुम्बिनी प्रदेशसभा सदस्य विश्वप्रेम पाठकले महासमिति र महाधिवेशन प्रतिनिधिहरूको पहलमा विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि पार्टीले ऊर्जाशील नेतृत्व पाएको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव निर्वाचन परिणाममा देखिने ठोस आधार बनेको बताए।
कार्यक्रममा जिल्ला उपसभापति अनिल कुमार गौड, नेपाली कांग्रेसका सचिवद्वय उमेशचन्द्र यादव र कुलदीप आचार्य, बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, मुस्लिम संघका केन्द्रीय सदस्य करम हुसेन अन्सारी, नेपाल तरुण दलका केन्द्रीय सदस्य करिम खान, महिला संघकी कमला तिवारी, दामोदर जी.सी., राजु अधिकारी, रामअवध गुप्ता, ऋषिदेव पटेल, कमलेसप्रसाद गौडलगायतले पार्टीको निर्वाचन गतिविधि र रणनीतिबारे मन्तव्य व्यक्त गरेका थिए।
सम्पन्न भेलाले क्षेत्रीय सभापति मुकुल कुमार आचार्यको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको क्षेत्रीय सचिव रामप्रसाद जोसीले जानकारी दिए।


भेलामा चौधरी फाउन्डेसनकी सचिव सारीका चौधरी, महासमिति तथा महाधिवेशन प्रतिनिधि, जिल्ला र क्षेत्रीय समितिका सदस्य, पालिका तथा वडाका प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot