पर्सा–४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाँद्वारा घरदैलो अभियान सुरु

राजन कुमार बानिया /पर्सा, १२ माघ

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जालिम मियाँले घरदैलो अभियान सुरु गरेका छन्।

सोमबार उनले जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ अन्तर्गत सुहपुर, सोहरी र हरपुर क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका हुन्।

दोस्रो पटक प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका मियाँले घरदैलोका क्रममा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्न स्थानीय मतदातासँग आग्रह गरेका छन्।
उनले यसअघि पटक–पटक निर्वाचित भएर पनि क्षेत्रको अपेक्षित विकास हुन नसकेको उल्लेख गर्दै यसपटक नेकपा एमालेलाई मौका दिन मतदातालाई आग्रह गरे। देश विकासमा एमालेको महत्वपूर्ण भूमिका रहेको दाबी गर्दै उनले बहुमतका साथ विजयी गराउनुपर्ने आवश्यकता औँल्याए।

हाल देशमा देखिएको युवा पुस्ता (जेनेरेशन–जी) को सक्रियता र परिवर्तनको चाहनालाई सकारात्मक दिशामा लैजान एमाले सक्षम भएको भन्दै देशलाई सही मार्गमा अघि बढाउन बहुमतसहित एमालेको सरकार आवश्यक रहेको उनको भनाइ थियो।
उल्लेखनीय छ, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा जालिम मियाँ नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालसँग करिब ५ हजार मतान्तरले पराजित भएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot