भन्सार कार्यालय कृष्णानगरद्वारा ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस भव्य रूपमा सम्पन्न

कपिलवस्तु, १२ माघ — भन्सार कार्यालय कृष्णानगरले ७४ औँ अन्तर्राष्ट्रिय भन्सार दिवस सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाएको छ।

अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चालु आर्थिक वर्षमा सबैभन्दा बढी भन्सार राजस्व बुझाउने दुई उद्योगलाई सम्मान गरिएको छ। राज्यको राजस्व वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै कपिलवस्तुको बिजया स्टील प्रालि र दाङको सम्राट सिमेन्ट प्रालिलाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो।

कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बिजया स्टील प्रालिले ५४ करोड ७७ लाख रुपैयाँ र सम्राट सिमेन्ट प्रालिले ४४ करोड ८६ लाख रुपैयाँ भन्सार राजस्व बुझाएको जानकारी दिँदै दुबै उद्योगको योगदान प्रशंसनीय रहेको बताए।
प्रमुख जिल्ला अधिकारी गौतमले भन्सार प्रणाली क्रमशः प्रविधिमैत्री बन्दै गएकाले व्यवसाय सञ्चालन गर्न सहज वातावरण सिर्जना हुँदै गएको उल्लेख गरे। उनले वैध माध्यमबाट मालसामान आयात गरी भन्सार तिर्दा राज्यको राजस्व वृद्धि हुनुका साथै व्यापारी र सर्वसाधारण सबैलाई लाभ पुग्ने बताए।
खुला सिमानाका कारण हुने तस्करीले राज्यको राजस्वमा गम्भीर असर पार्ने उल्लेख गर्दै उनले यसको नियन्त्रणका लागि सरकार, व्यापारी र नागरिक सबैको सहकार्य आवश्यक रहेको बताए। भन्सार कार्यालयले सेवा–सुविधा निरन्तर सुधार गर्दै लगेकाले आगामी दिनमा कारोबार अझ पारदर्शी र प्रभावकारी बन्दै जाने उनको भनाइ थियो।
कार्यक्रममा भन्सार कार्यालयलाई सहयोग पुर्‍याउने भन्सार एजेन्ट, कर्मचारी तथा आधा दर्जनभन्दा बढी संघ–संस्थालाई पनि सम्मान गरिएको छ।
सो अवसरमा कृष्णानगर भन्सार प्रमुख फणिन्द्र खतिवडाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब ५१ करोड ५९ लाख ५८ हजार रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए। उनले लक्ष्यको ८६ प्रतिशतभन्दा बढी राजस्व संकलन भइसकेको र बाँकी अवधिमा वार्षिक लक्ष्य पूरा हुने विश्वास व्यक्त गरे।
भन्सार विभागद्वारा लागू गरिएको छैटौँ सुधार कार्यक्रम कार्यान्वयनमा रहेकाले आगामी दिनमा भन्सार सेवा अझ सरल, छरितो र प्रभावकारी हुने खतिवडाले बताए।
कार्यक्रममा व्यापारी प्रेमशंकर शुक्लाले भन्सार र व्यापारीबीच थप समन्वय आवश्यक रहेको उल्लेख गर्दै व्यापारीमैत्री वातावरण निर्माणमा जोड दिए।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कपिलवस्तुका प्रमुख कृष्णप्रसाद न्यौपाने, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, शिवराज ओझालगायतले मन्तव्य व्यक्त गरेका थिए।
नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष आचार्य, सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी, व्यापारी, भन्सार कर्मचारी, पत्रकार तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको भन्सार कार्यालय कृष्णानगरका सूचना अधिकारी मयंक कर्णले जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot