रामग्राम जेसीज वर्ष २०२६ को अध्यक्षमा मुकेश

नवलपरासी , ६ माघ । युवाहरुको संस्था रामग्राम जेसीज वर्ष २०२६ को अध्यक्षमा मुकेश नारायण लोनिया निर्वाचित हुनुभएको छ ।
सोमबार सम्पन्न रामग्राम जेसीजको २७ औँ वार्षिक साधारणसभा तथा २६ औँ शाखा अधिवेशनबाट लोनिया वर्ष २०२६ को नेतृत्वका लागि सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
नवनिर्वाचित समितिको कार्यकारीणी उपाध्यक्षमा किरण कुमार गुप्ता र रोशनी अग्रहरी, उपाध्यक्षहरुमा मनिष गुप्ता, अनिरुद्ध ठाकुर, अनुराग अग्रवाल र विकास ढुंगाना रहनुभएको मुख्य निर्वाचन आयुक्त एवं रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो ।
यस्तै सचिवमा हेमन्त चौधरी र सहकोषाध्यक्षमा सञ्जय पौडेल निर्वाचित हुनुभएको छ । जेसीजको विधान अनुसार नवनिर्वाचित अध्यक्ष लोनियाले वर्ष २०२६ को महासचिवमा पुष्पा खनाल, कानूनी सल्लाहकारमा पुरुषोत्तम तिवारी र कोषाध्यक्षमा श्रद्धासुमन आचार्यलाई मनोनीत गर्नुभएको छ ।
यसअघि माघ २ गते रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीको प्रमुख आतिथ्य तथा रामग्राम जेसीज वर्ष २०२५ का अध्यक्ष विष्णुराज रावको अध्यक्षतामा साधारणसभा उद्घाटन भएको थियो । युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था रामग्राम जेसीज सन् २००० मा स्थापना भएको हो । सन् २०२५ मा रामग्राम जेसीजले रजत जयन्ती समेत मनाएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot