राष्ट्रिय दैनिक / नवलपरासी ,५ माघ पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवार चयन गरेको छ। पार्टीले निर्वाचन क्षेत्र नम्बर १ बाट केन्द्रीय सदस्य तथा २९ वर्षीय युवा नेता नवनितकुमार मिश्रलाई अघि सारेको छ भने निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष धुव्रबहादुर प्रधानलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। क्षेत्र नम्बर २ बाट अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका प्रधानलाई पुनः जिम्मेवारी दिँदै पार्टीले अनुभव र निरन्तरतामा जोड दिएको छ। उता क्षेत्र नम्बर १ मा मिश्रलाई उम्मेदवार बनाइनु युवालाई राजनीतिमा अवसर दिने पार्टीको नीति अनुरूप भएको राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष मनोहरजङ्ग रायमाझीले बताए। युवा प्रतिनिधित्व र अनुभवी नेतृत्वको संयोजनसहित राप्रपा पश्चिम नवलपरासीमा चुनावी मैदानमा उत्रिएको राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।