काठमाडौं ,५ माघ । खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। उनले आइतबार राति नै प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर राजीनामाबारे जानकारी गराएको बताएका छन्। मन्त्री गुप्ताका अनुसार आइतबार सार्वजनिक बिदा परेकाले राजीनामा पत्र सोमबार मात्र दर्ता हुनेछ। “हिजो राति प्रधानमन्त्रीज्यूलाई भेटेर राजीनामाबारे जानकारी गराएँ, आज बिदा भएकाले भोलि मात्र दर्ता हुन्छ,” उनले भने। गुप्ता सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन्। उनले **राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)**बाट चुनाव लड्ने तयारी गरिरहेको भए पनि हालसम्म टिकट नपाएको जानकारी दिएका छन्। हाल उनी जनकपुरधाममा रहेका छन्। रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानमा उनी सहभागी भएका हुन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।