अनिल बनिया/नवलपरासी, १ माघ पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–२ गोपालपुरस्थित मिनी गोरखनाथ मन्दिर मकर संक्रान्तिको अवसरमा खिचडी मेलाले गुन्जायमान बनेको छ। बिहानैदेखि “जय बाबा गोरखनाथ”को जयघोषसहित नेपाल तथा भारतबाट आएका हजारौँ श्रद्धालु भक्तजनहरूले बाबा गुरु गोरखनाथलाई परम्परागत खिचडी चढाउँदै सुख, शान्ति र समृद्धिको कामना गरेका छन्। लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले पनि मन्दिरमा उपस्थित भई खिचडी चढाएर आशीर्वाद ग्रहण गर्नुभएको थियो। मेलामा झुला, रमाइला राउन्ड, सर्कस तथा परम्परागत कुस्ती प्रतियोगिता जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन हुँदा बालबालिका र युवायुवतीको उल्लेख्य सहभागिता देखिएको छ। श्रद्धालुहरूको भीडलाई व्यवस्थित गर्न तथा मेला शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको व्यापक सुरक्षा व्यवस्था मिलाइएको थियो। मन्दिर व्यवस्थापन समितिका अनुसार मिनी गोरखनाथ मन्दिर सन् २०१२ नोभेम्बर ६ मा योगी आदित्यनाथद्वारा निर्माण गरिएको हो। खिचडी मेला पछिल्ला करिब १४ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको र यसले धार्मिक आस्थासँगै स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको समितिले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।