आरपि उपाध्याय / त्रिवेणी ,१ माघ माघे अमवश्याका दिन लाग्ने त्रिवेणी मेलाको अवसरमा बाल्मिकी आश्रम जाने श्रद्धालु भक्तजनको सुविधाको लागि शान्ति, सुरक्षा र नागरिक सहायता कक्षको व्यवस्थापन गरिने भएको छ। श्रद्धालु भक्तजनको सुविधाको लागि नारायणी नदीको किनारदेखी आश्रमसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिमा शान्ति, सुरक्षाको व्यवस्था मिलाइने भएको हो। विहीबार बाल्मिकी आश्रममा सुरक्षा निकाय मन्दिर समिती र स्थानीयहरुको संयुक्त अन्तरक्रियामा सो निर्णय लिइएको थियो। नेपालको सुगम भुमि गण्डक ब्यारेज पुलदेखी भारतीय जङ्गल पार गर्दै आश्रम पुग्नुपर्ने भएता पनि केही श्रद्धालु भक्तजनहरु नारायणी नदी डुङ्गाद्वारा पार गरि घना जङ्गल हुँदै बाध्यता पुर्वक अधिकांश नेपाली आश्रम पुग्ने गरेको पाइएको छ। सोही अवस्थाको व्यवस्थापनको लागि विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर उपसमितीका अध्यक्ष शालिग्राम उपाध्यायको अध्यक्षतामा बाल्मिकी आश्रममै आयोजित अन्तरक्रिया कार्यक्रममा आश्रमका दुवै मन्दिरमा नियमित सुचना पाटीमा उल्लेखित समय तालिका अनुसार मन्दिर खोलिनुपर्ने बाल्मिकी आश्रममा मदिरा बिक्रीवितरण कार्यलाई व्यवस्थापन गर्नुपर्ने तथा मन्दिर आसपासका क्षेत्रमा पुर्ण सफाइ गर्नुपर्ने तथा मेला अवधि भरी प्राथमिक उपचारको लागि औषधिको व्यवस्था सहित नागरिक सहायता कक्ष स्थापना गर्नुपर्ने लगायत निर्णय भएको समितीका उपाध्यक्ष विश्वमर्दन शाहले जानकारी दिनुभयो। सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल बाल्मिकी आश्रम बि.ओ.पि.का प्रमुख सशस्त्र प्रहरी सब इन्सपेक्टर बुद्ध बहादुर तामाङ,प्रहरी चौकी बाल्मिकी आश्रमका हवल्दार गौतम थापा,चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधि गेम स्काउट अजय झा सहित आश्रम वरिपरिका सुकुम्बासी परिवारहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।