रक्त सञ्चार सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

रंजीत शर्मा /नवलपरासी/२९ पुष ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नवलपरासीको आयोजनामा तथा पाल्हीनन्दन गाउँपालिकाको आर्थिक सहयोगमा रक्त सञ्चार सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रम हरपुरमा सम्पन्न भएको छ।

कार्यक्रममा गाउँ–गाउँमा अझै पनि मानिसहरू रक्तदान गर्न डराउने, रक्तदानले स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने गलत धारणा तथा जनचेतनाको कमी प्रमुख चुनौतीका रूपमा देखिएको विषयमा छलफल गरिएको थियो। सहभागीहरूले जनचेतना अभिवृद्धि नगरेसम्म नियमित र सुरक्षित रक्त आपूर्ति सम्भव नहुने बताएका थिए।

अन्तरक्रियामा बोल्ने वक्ताहरूले रक्तदान पूर्ण रूपमा सुरक्षित प्रक्रिया भएको स्पष्ट पार्दै रक्तदानले अरूको ज्यान जोगिनुका साथै स्वयं रक्तदाताको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने जानकारी दिएका थिए। ग्रामीण भेगमा लक्षित कार्यक्रम, विद्यालय तथा समुदायस्तरबाट सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिइयो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताले रक्त सञ्चार सेवा जीवनसँग प्रत्यक्ष जोडिएको अत्यन्त संवेदनशील सेवा भएको उल्लेख गर्दै “रक्त अभावका कारण कसैले पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्थानीय तहले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको” बताउनुभयो। उहाँले पाल्हीनन्दन गाउँपालिका आगामी दिनमा पनि रक्तदान र जनचेतनामूलक कार्यक्रममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समापन गर्दै आयोजक संस्थाका अध्यक्षले रक्तदानलाई सामाजिक जिम्मेवारीका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको जनाउँदै यस्ता अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। कार्यक्रम ३० जना भन्दा बढी सरोकारवालाको उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot