बर्दघाट नगरपालिकाको १७औँ हिउँदे नगरसभा सुरु संशोधित बजेट, ऐन र सुशासन प्रतिवेदन सर्वसम्मत पारित

राष्ट्रिय दैनिक / नवलपरासी ,२९ पुस

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको १७औँ हिउँदे नगरसभा सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। नगरसभामा आर्थिक वर्ष २०८२/०८३ को पहिलो संशोधनअनुसार संशोधित बजेट तथा आय–व्यय विवरण पेस गरिएको छ।
नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकोमा पौष २० गतेसम्म ४ करोड ४६ लाख ३३ हजार ५५ रुपैयाँ राजस्व सङ्कलन भएको छ। चालु आर्थिक वर्षको अन्त्यसम्ममा नगरले ८ करोड ३२ लाख रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ।


सभामा आर्थिक वर्ष ०८२/०८३ को पौष २० गतेसम्मको राजस्व सङ्कलन अवस्था, न्याय सम्पादन, अनुगमन प्रतिवेदन तथा ११ वटा ऐन सभासमक्ष प्रस्तुत गरिएको छ। आर्थिक वर्ष ०८०/०८१ को अन्तिम प्रतिवेदनअनुसार ३ करोड २९ लाख ५५ हजार रुपैयाँ बेरुजु बाँकी रहेको र सोही वर्षको विगत बेरुजुमध्ये १ करोड ४२ लाख ५९ हजार रुपैयाँ महालेखा परीक्षकको कार्यालयबाट सम्परीक्षण भई फर्छ्यौट भएको जानकारी दिइएको छ।
न्याय सम्पादनतर्फ नगरमा दर्ता भएका उजुरीमध्ये ४३ प्रतिशत समाधान भइसकेको उपप्रमुख उपाध्यायले जानकारी दिनुभयो। अनुगमनतर्फ उपभोक्ता समितिमार्फत सञ्चालन भएका ठूला तथा जटिल योजना, बजार अनुगमनलगायतका प्रगति विवरण पनि सभामा प्रस्तुत गरिएको थियो।
सभाले आर्थिक ऐन, विनियोजन ऐन तथा विभिन्न समितिहरूका प्रतिवेदनहरू सर्वसम्मतिले पारित गरेको छ। सुशासन समिति संयोजक गोविन्द विक र लेखा समिति संयोजक बालिन्द्र विक्रम शाहीले सुझावसहितका प्रतिवेदन पेस गर्नुभएको थियो भने विधान समिति संयोजक प्रेम भुजेलले ११ वटा ऐन सभासमक्ष प्रस्तुत गर्नुभएको छ। ती ऐनहरूमाथि दफावार छलफलका लागि नगर प्रमुखले ७२ घण्टाको समय उपलब्ध गराउनुभएको छ।


नगरसभा सचिव बाबुराम पौडेलले १६औँ देखि १७औँ नगरसभासम्म नगर कार्यपालिकाबाट भएका निर्णयहरू, नगर प्रमुख तथा उपप्रमुखको अध्यक्षतामा सम्पन्न बैठकका निर्णय र विभिन्न उपसमितिका निर्णयहरू निर्णयार्थ प्रस्तुत गर्नुभएकोमा सभाले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
१७औँ नगरसभाको अवसरमा सभा अध्यक्ष एवं नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाटको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै विभिन्न अभियन्ताहरूलाई सम्मान गर्नुभएको छ। सम्मानित हुनेहरूमा बर्दघाट चुरे उद्यान तथा श्रम हिलपार्कका अभियन्ताहरू रहेका छन्। साथै बर्दघाट नगरगानका रचयिता डिल्ली नारायण पाण्डेलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ। त्रिवेणी चोकदेखि बर्दघाट चुरे उद्यान हुँदै दाउन्ने कैलाशसम्मको गोरेटो बाटो निर्माणमा श्रमदान गरेको योगदानको कदर गर्दै बर्दघाटस्थित सशस्त्र युक्ति तालिम महाविद्यालयलाई समेत सम्मान गरिएको छ।


नगरसभाले विकास, सुशासन र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot