पर्सा, २८ पुस — नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ को क्षेत्रीय कार्यसम्पादन समितिको बैठक सोमबार वीरगंजमा सम्पन्न भएको छ। बैठकले यही माघ ३ गते (शनिबार) क्षेत्रीय भेला आयोजना गर्ने महत्वपूर्ण निर्णय गरेको हो। क्षेत्रीय सचिव बलिष्टर अहमदका अनुसार उक्त भेला जगरनाथपुर गाउँपालिका–झखरा मसिहानीमा आयोजना हुनेछ। भेलामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी पार्टीको रणनिति, संगठन सुदृढीकरण तथा वर्तमान राजनीतिक अवस्थाबारे व्यापक छलफल गरिनेछ। क्षेत्रीय भेलामा क्षेत्र अन्तर्गतका निर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय तथा प्रदेश कार्यसमिति सदस्य, बुथ सभापति, वडा कार्यसमिति सदस्य, साथै भ्रातृ संघ–संगठनका प्रतिनिधि र अगुवा कार्यकर्ताको अनिवार्य सहभागिता रहने जनाइएको छ। क्षेत्रीय सभापति तथा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। बैठकमा जिल्ला प्रवक्ता रमेश पाण्डे, जिल्ला सहसचिव नविन सिंहलगायत पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। बैठकले निर्वाचनलाई केन्द्रमा राख्दै संगठनलाई एकताबद्ध र क्रियाशील बनाउने संकल्प व्यक्त गरेको जनाइएको राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।