धर्मेन्द्र कुमार कुर्मी | कपिलवस्तु,२५ पुस कपिलवस्तुको विजयनगर गाउँपालिका–३, महादेइयामा वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। कोटेश्वरी क्लबको आयोजनामा महादेइया खेल मैदानमा प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो। शुक्रबार सम्पन्न उद्घाटन समारोहमा विजयनगर गाउँपालिका–७ का वडा अध्यक्ष दिनेश कुमार चौधरीले प्रतियोगिताको उद्घाटन गर्नुभयो। क्लबका अध्यक्ष मुकेश चौधरीका अनुसार खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्दै उनीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम हुने टिमलाई ५१ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय हुने टिमलाई २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। आयोजक क्लबका सचिव देवेन्द्रमणि त्रिपाठीले प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको जानकारी दिनुभयो। उद्घाटन कार्यक्रममा विजयनगर गाउँपालिका–३ का वडा अध्यक्ष हृदय विकास चौधरी, वडा सदस्य मोहम्मद सई, समाजसेवी राम निवास पुरी, बृजकिशोर मिश्रलगायत जनप्रतिनिधि तथा क्रिकेटप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयस्तरमा क्रिकेटको विकास, खेलप्रतिको रुचि अभिवृद्धि तथा नयाँ खेलाडी उत्पादनमा यस प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।