नवलपरासी | २५ पुस नेपाल रेडक्रस सोसाइटी परासी शाखाको सहयोग तथा पाल्हिनन्दन गाउँपालिका–२को सहकार्यमा हरपुरमा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ। वडा अध्यक्ष जगदीश प्रसाद गुप्ताको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चिसो मौसमबाट बढी प्रभावित हुने गरिब, अपाङ्ग तथा जेष्ठ नागरिक २० जनालाई कम्बल वितरण गरिएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुप्ताले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न वर्गलाई लक्षित यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले रेडक्रसजस्तो मानवतावादी संस्थाको सहयोगले समुदायस्तरमा राहत तथा सहयोगका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सहज भएको उल्लेख गर्नुभयो। चिसो बढ्दै गएको यस समयमा गरिएको कम्बल वितरणले लक्षित वर्गलाई उल्लेखनीय राहत पुगेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन्। यस कार्यक्रमले समाजमा आपसी सहयोग, सहकार्य र मानवियताको भावना थप सुदृढ गर्ने अपेक्षा गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।