नवलपरासीमा १७ सयभन्दा बढी म्यादी प्रहरी भर्ना हुँदै, आजदेखि आवेदन खुला

राष्ट्रिय दैनिक / नवलपरासी ,२५ पुस

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नवलपरासीमा १ हजार ७०३ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ। जसअन्तर्गत नेपाल प्रहरीतर्फ १ हजार ५०४ र सशस्त्र प्रहरीतर्फ १९९ जना भर्ना हुनेछन्।

भर्नाका लागि शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सकिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इच्छुक उम्मेदवारले जिल्ला प्रहरी कार्यालय नवलपरासी वा सशस्त्र प्रहरी बलको बेलासपुरस्थित गणमा पुगेर आवेदन फाराम लिन तथा बुझाउन सक्नेछन्। जहाँ भर्ना हुन चाहेको भए पनि दुबै निकायमध्ये जुनसुकै स्थानमा दरखास्त बुझाउन सकिने एसपी अनुपम श्रेष्ठले जानकारी दिनुभयो।
सूचनाअनुसार माघ १२ गते अन्तिम नतिजा प्रकाशित गरिनेछ भने छनोट भएका म्यादी प्रहरीलाई माघ १५ देखि २४ गतेसम्म तालिम दिइनेछ। भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ। यसअघि निर्वाचनमा खटिएका म्यादी प्रहरी तथा अवकाश प्राप्त सुरक्षाकर्मीलाई प्राथमिकतामा राखिने जनाइएको छ।
निर्वाचन अवधिमा खटाइने म्यादी प्रहरीलाई ४० दिनको पारिश्रमिकस्वरूप ३४ हजार ७७६ रुपैयाँ तलब उपलब्ध गराइनेछ। साथै रासन, पोसाक, स्थानीय भत्ता तथा अन्य विविध खर्चसमेत छुट्टै प्रदान गरिनेछ।

दुई निर्वाचन क्षेत्र रहेको नवलपरासीमा १२२ मतदान स्थल र २९७ मतदान केन्द्र तोकिएका छन्। तीमध्ये १२ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot