Rashtriya Dainik

घामपछि कुहिरोको कहरः पश्चिम नवलपरासीमा चिसो बढ्दा जनजीवन प्रभावित

बिनोद निगम / नवलपरासी , २५ पुष

बिहीबार घाम लागे पनि शुक्रबार बिहानदेखि पश्चिम नवलपरासीमा बाक्लो कुहिरोसँगै चिसोको प्रभाव बढेको छ। कुहिरोका कारण दृश्यता घट्दा सडक तथा बजार क्षेत्रको दैनिक आवागमन प्रभावित भएको छ।
दृश्यता कम हुँदा सवारी दुर्घटनाको जोखिम बढ्न सक्ने भन्दै ईलाका प्रहरी कार्यालय महेशपुरले सवारी साधन चलाउँदा गति नियन्त्रणमा राख्न, हेडलाइट अनिवार्य प्रयोग गर्न र सुरक्षित दूरी कायम गर्न चालकहरूलाई आग्रह गरेको छ।
यसैगरी, बढ्दो चिसोले स्वास्थ्यमा असर पर्न सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले वृद्धवृद्धा, बालबालिका तथा दीर्घरोगीहरूलाई न्यानो कपडा लगाउन, बिहान–बेलुकाको चिसो समयमा अनावश्यक बाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित