आरपि उपाध्याय / त्रिवेणी ,२५ पुस पुर्वी नवलपरासीको विनयी त्रिवेणीको ६ मा सञ्चालन भैरहेको प्रथम त्रिवेणी गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल बिहीबार सम्पन्न भएको छ। त्रिवेणी युवा क्लबको आयोजनामा भएको फुटबल प्रतियोगिता सञ्चालन भएको दोस्रो सेमिफाइनल खेलमा भुमही रिकन्डिसन फुटबल क्लब र भारत बिहार पश्चिमी चम्पारणको हर्नाटाड फुटबल क्लबबिच प्रतिस्पर्धा भएको थियो। दोस्रो सेमिफाइनल संघर्षपुर्ण खेलमा भुमही रिकन्डिसन फुटबल टिमले भारत बिहारको हर्नाटाड क्लबलाई ४/२ गोलले पराजित गरेको खेल संयोजक पवन गुरुङले जानकारी दिनुभएको छ। “वन,वन्यजन्तु तथा वातावरण संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनको लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गरिएको फुटबल प्रतियोगितामा नेपाल भारतका कुल १० फुटबल टिमहरुको सहभागीता रहेको थियो। दोस्रो सेमिफाइनल खेल सुभारम्भ हुनुपूर्व नेपाल भारतको राष्ट्रिय गान सहित खेल सुरुवात भएको क्लबका अध्यक्ष अमर भट्टराई क्षेत्रीले बताउनु भयो। खेल प्रारम्भ हुनुपूर्व नेपाली काङ्ग्रेस विनयी त्रिवेणी गाउँपालिका का सभापति अजित कुमार थापाले खेलाडीहरुलाई शुभकामना दिदै रेफ्रीलाई फुटबल दिई खेल प्रारम्भ भएको आयोजकले बताएको छ। फुटबल खेलको फाइनल म्याच पौष २६ गते हुने जानकारी गराइएको छ भने उक्त फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लब र भुमही फुटबल टिम बिच प्रतिस्पर्धा हुने जानकारी प्राप्त भएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।