नेपाली काँग्रेस परित्याग गरी बृजराज कुशवाहा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

राष्ट्रिय दैनिक / नवलपरासी, २५ पुस

नेपाली काँग्रेसका पूर्व कार्यकर्ता तथा सञ्चारकर्मी बृजराज कुशवाहा राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभएको छ। देश र जनताप्रतिको जिम्मेवारीबोधका साथ नयाँ राजनीतिक यात्रामा अघि बढेको घोषणा गर्दै उहाँले नेपाली काँग्रेसको साधारण सदस्यता तथा सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिनुभएको हो।

सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै कुशवाहाले नेपाली काँग्रेस नीति र सिद्धान्तभन्दा गुट, भागबण्डा र सीमित नेताहरूको स्वार्थमा केन्द्रित भएको आरोप लगाउनुभएको छ।

युवाको आवाज दबाइने र पुस्तान्तरण रोक्ने प्रवृत्तिविरुद्ध उभिँदै लोकतन्त्र, संघीयता र स्वतन्त्र विचारका पक्षमा अघि बढ्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।

कुशवाहा नवलपरासीबाट विगत लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको एक सक्षम र सबल सञ्चारकर्मीसमेत हुनुहुन्छ। सामाजिक, राजनीतिक तथा जनसरोकारका विषयलाई प्राथमिकताका साथ उठाउँदै निष्पक्ष र निर्भीक पत्रकारितामार्फत उहाँले आफ्नो छुट्टै पहिचान बनाउँदै आउनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot