काठमाडौं ,१७ पुस: आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । नेपालीसहित विश्वभर एकाआपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाउन सुरु भएको हो। हिजो र आज सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । प्रशान्त महासागरको किरितिमाती टापु सन् २०२६ मा प्रवेश गर्ने पहिलो स्थान बनेको छ। पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ । नयाँ वर्ष २०२६ का अवसरमा नेपालमा पनि विशेष गरी पर्यटकहरुको चहलपहल सुरु हुने ठाउँमा नयाँ वर्ष मनाउनेको भीडभाड छ। काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।