पर्सा, १६ पुस । पर्साको वीरगञ्ज महानगरपालिका–१० स्थित मकालु होटल नजिकको सडकखण्डबाट स्रोत नखुलेको रकमसहित तीन जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले पुस १४ गते विभिन्न स्थानबाट हुन्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई रकमसहित पक्राउ गरेको हो। पक्राउ परेकाहरूसँग स्रोत नखुलेको कुल ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँ बरामद गरिएको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीप पाठकले जानकारी दिनुभयो। पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) अनुसार (हुन्डीसम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको एसपी पाठकले बताउनुभयो। प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्य बेतिया जिल्ला बैरिया थाना वडा नं. ८ मथौली घर भई हाल वीरगञ्ज महानगरपालिका–२ छप्कैयामा बस्दै आएका ५० वर्षीय अनवर मिया, उनका छोरा २२ वर्षीय महमद कैफ अहमद तथा भारतकै बिहार राज्य मोतीहारी जिल्ला दरपा थाना गम्हरियाकला वडा नं. ३ घर भएका ४८ वर्षीय फूल महमद रहेका छन्। मकालु चोकबाट बीआर २२ एच ६३३८ नम्बरको भारतीय मोटरसाइकलमा सवार अनवर मियासहितको समूहको साथबाट उक्त स्रोत नखुलेको रकम बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।