राष्ट्रिय दैनिक / नवलपरासी ,१४ पुस नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देबेन्द्रराज कण्डेलले पार्टीको हित र सुदृढीकरणका लागि अब काङ्ग्रेस एक ढिक्का, संगठित र एकजुट भएर अघि बढ्नुपर्ने समय आएको स्पष्ट पारेका छन्। पश्चिम नवलपरासीबाट पार्टी संगठन सुदृढीकरणको सुरुवात गरिएको उल्लेख गर्दै कण्डेलले आन्तरिक गुटबन्दी त्यागेर सबै नेता–कार्यकर्ता एउटै लक्ष्यसहित अघि बढ्नुपर्नेमा जोड दिए। उनले नवलपरासीमा आफू बिक्रम खनालसँग कुनै गुट नभनी मिलेर अगाडि बढिरहेको बताए। कण्डेलका अनुसार यस अभियानमा देवकरण कलवार (सन्तु) समेत उनीहरूको पक्षमा उभिएका छन्। यसले जिल्लामा काङ्ग्रेसलाई थप बलियो र एकताबद्ध बनाउने विश्वास व्यक्त गरिएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै कण्डेलले काङ्ग्रेस अब एकजुट नभई विकल्प नरहेको स्पष्ट गरे। उनले पार्टी संगठन मजबुत बनाउन आफूहरू तीनै जना आत्मआलोचना गर्दै, सबैलाई समेट्ने र सम्मान दिने संस्कृतिका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “पार्टी संगठनका लागि हामी तीनै जना संगठित भएर आत्मआलोचना गर्दै सबैलाई समेटेर, सबैलाई सम्मान दिनेगरी अगाडि बढ्छौं,” कण्डेलले भने। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको दीर्घकालीन हितलाई केन्द्रमा राखेर काम गर्न सके मात्रै काङ्ग्रेसले जनताको विश्वास पुनः जित्न सक्ने धारणा राखे। नेतृत्वबीच देखिएको समन्वय, एकता र साझा प्रतिबद्धताले नवलपरासीमा काङ्ग्रेस संगठन थप मजबुत बन्दै जाने कार्यकर्ताहरूको विश्वास रहेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।