पश्चिम नवलपरासीमा फरार २ कसुरदार पक्राउ, अदालतको आदेशअनुसार कारागार चलान

राष्ट्रिय दैनिक / नवलपरासी, १४ पुस

पश्चिम नवलपरासीमा विभिन्न मुद्दामा सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका दुई जना कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सोमबार उनीहरूलाई आफ्नै घरवतनबाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत नवलपरासीमा उपस्थित गराइएकोमा अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १० दिन कैद र १ हजार रुपैयाँ जरिवानाको सजाय पाएका रामग्राम नगरपालिका–१५ निवासी ४७ वर्षीय दुर्योधन केवट रहेका छन्। त्यसैगरी लागुऔषध मुद्दामा ९ दिन कैद सजाय पाएका पाल्हिनन्दन गाउँपालिका–२ निवासी १९ वर्षीय सत्यनारायण चमार पनि पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक शुसिल घिमिरेले उक्त जानकारी दिएका हुन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot