बिनोद निगम / नवलपरासी, ११ पुस पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा नकबजनी चोरी मुद्दामा सजाय भई फरार रहेका एक कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ। सम्मानित नवलपरासी जिल्ला अदालतले गत सोमबार गरेको फैसलाअनुसार नकबजनी चोरी मुद्दामा २५ दिन कैद र ६० हजार रुपैयाँ जरिवाना तोकिएका पाल्हीनन्दन गाउँपालिका–३ निवासी २७ वर्षीय प्रवेज भन्ने सहिद अफिदी खाँ फैसला पश्चात् फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय नवलपरासी मातहत इलाका प्रहरी कार्यालय अमानिगञ्जबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा शुक्रबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका खाँलाई फैसला कार्यान्वयनका लागि सम्मानित नवलपरासी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशअनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक सोमदास ढकालले जानकारी दिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।