तुलसीराम पौडेल / रुपन्देही ,६ पौष रुपन्देहीको शुद्वोदन गाउँपालिका वडा नम्बर -५ रजाड स्थित महाकल्प कृषि सहकारी संस्था लिमिटेडको ११ औं वार्षिक साधारण सभा संस्थाको आफ्नै कार्यालय परिसरमा शनिबार सम्पन्न भयो । शुद्वोदन गाउँपालिका वार्ड -५ का वडा अध्यक्ष चन्द्रभान चौधरीले साधारण सभाको एक कार्यक्रमका बीच उद्वाटन गर्नुभयो । कार्यक्रम सहकारीका अध्यक्ष चिन्तामणी खरेलको अध्यक्षता तथा शुद्वोदन गाउँपालिका वार्ड नम्बर -५ का वडा अध्यक्ष चन्द्रभान चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको ११ औं स्थापना दिवसको अवसरमा सम्पन्न वुद्विचाल चेस प्रतियोगिताका विजेता हरुलाई पुरस्कार वितरण गरिएको थियो ।सोही अवसरमा दुग्ध उत्पादक कृषक, नियमित बचत ,असल कारोवारी ,जेष्ठ शेयर सदस्य पेन्सन लगायतलाई सम्मान गरिएको थियो । त्यसै गरि एसइइ ,एसएलसी तथा उच्च शिक्षा अध्यनमा उत्कृष्ट शेयर सदस्य सन्ततिलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष चिन्तामणी खरेलबाट वार्षिक प्रतिवेदन ,कोषाध्यक्ष राधिका कंडेलबाट आर्थिक प्रतिवेदन ,सचीव डालप्रसाद डुम्रेबाट साङ्गठनिक प्रतिवेदन ,लेखासमिती संयोजक कृष्ण गोपाल कंडेलबाट लेखा प्रतिवेदन प्रस्तुत रहेको कार्यक्रममा संस्थापक अध्यक्ष बिष्णु प्रसाद गौतम ,सल्लाहकार पुन्नेराम गौतम ,जगदीश अधिकारी र बौद्ध लाल शर्मा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । संस्थाका उपाध्यक्ष नमराज आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन संस्थाका सचिव डाल प्रसाद डुम्रेले गर्नुभएको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।