Rashtriya Dainik

१७ लाख भन्दा बढिको अवैध मोबाइल कभर टेम्पल क्लास बरामद

बिनोद निगम /नवलपरासी / ५ पुष

सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्ने क्रममा अवैध रूपमा भारतबाट नेपालतर्फ भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइल सामग्री बरामद गरेको छ।

शनिबार अन्दाजी दिउँसो ३ बजेको समयमा पाल्हीनन्दन गाउँपालिका ५ सिसवा स्थित सीमावर्ती क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म हे.क्वा. हरपुरको टोलीले भन्सार छलि ल्याइँदै गरेको अवस्थामा मोबाइल टेम्पर ग्लास र मोबाइल कभर नियन्त्रणमा लिएको हो। बरामद मोबाइल कभर टेम्पल क्लासको अन्दाजी मूल्य रु. १७ लाख ७० हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको सामानमा मोबाइल टेम्पर ग्लास तथा मोबाइल कभर गरी कुल ६ हजार पिस (६ कार्टुन) रहेका छन्। उक्त सामान लुकिछिपी नेपाल भित्र्याउने प्रयास भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो।

नियन्त्रणमा लिइएको अवैध सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि महेशपुर भन्सार कार्यालय बुझाइएको छन् ।

स.प्र.बल, नेपाल नं. २६ गण हे.क्वा.का सूचना अधिकारी तथा डीएसपी गोबिन्द बहादुर के.सी. ले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार रोक्न निगरानी थप कडा पारिएको र यस्ता गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जानकारी दिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित