भू.पु. सैनिक सहकारीको छैठौं अधिवेशन सम्पन्न, ९ सदस्यीय नयाँ समिति सर्वसम्मत

आरपि उपाध्याय /त्रिवेणी ,६ पुस।

भू.पु. सैनिक बचत तथा ऋण सहकारी संस्था विनयी त्रिवेणी ६ को वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन ज्योति गुम्बा बौद्ध विहारको सभाहलमा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कन्हैया लाल कुर्मीको अध्यक्षतामा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले सहकारी क्षेत्रमा विभिन्न काण्डहरु मच्चिएको अवस्थामा सहकारीका सेयर सदस्यहरु सचेत भएर आर्थिक क्रियाकलाप गर्नुपर्ने बताउदै उहाँले सहकारीमा आर्थिक अनुशासनको परिधिभित्र रहेर आर्थिक क्रियाकलाप गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले त्रिवेणी क्षेत्रमा रहेको सहकारी संस्थाहरुको आर्थिक क्रियाकलाप र गतिविधि सन्तोषजनक नै रहेको विचार राख्दै संस्थाले आफ्नो सेयर सदस्यहरूलाई सहकारी शिक्षा पनि दिदै जानुपर्ने जिकिर गर्नुभयो।
सो अवसरमा संस्थाका उपाध्यक्ष मङ्गल सिंह थापा,पत्रकार आर.पि. उपाध्याय, सेयर सदस्य राजकुमार राई लगायतले आफ्नो धारणा राख्नुभएको थियो।
साधारणसभामा संस्थाका अध्यक्ष कुर्मीले अध्यक्षको प्रतिवेदन,लेखा समिति सदस्य लालमाया गुरुङले लेखा समितिको प्रतिवेदन र संस्थाका प्रबन्धक सिंह बहादुर थापाले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रममा बाल बचत कर्ता,असल ऋणी,नियमित बचत कर्ता,मुद्दती बचत कर्ता र लगानी कर्ता समेत ८ व्यक्तिहरुलाई कदरपत्र सहित सम्मान गरिएको कार्यक्रम सञ्चालिका एवं संस्थाकी सचिव संगिता कुमारी थापाले जानकारी दिनुभएको छ।
अधिवेशनले ४ वर्षको लागि पुनः कन्हैया लाल कुर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ। जसको उपाध्यक्षमा मङ्गल सिंह थापा,सचिवमा संगिता कुमारी थापा,कोषाध्यक्षमा बिमल थापा र सदस्यहरूमा लाल मोहम्मद अन्सारी, बिन्देश्वरी अहिर,हेम कुमारी गुरुङ,मन बहादुर खरु मगर,रिंकी थापा सर्वसम्मत चयन हुनुभएको जानकारीमा आएको छ।

त्यसैगरी राजकुमार राईको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि सर्वसम्मत चयन भएको छ। जसको सदस्यहरुमा बाल कुमारी थापा र जन्नत नेसा सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक विष्णु कुमार श्रेष्ठले जानकारी दिनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot