जोगियाभार महिला कृषि सहकारीको ११औँ वार्षिक साधारणसभा सम्पन्न, आर्थिक अनुशासनमा जोड

आरपि उपाध्याय / त्रिवेणी ,५ पुस

जोगियाभार महिला कृषि सहकारी संस्था लि. सुस्ता २ कुडिया नवलपरासीको ११ औं वार्षिक साधारणसभा रामजानकी मन्दिर प्राङ्गणमा शनिबार सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष अञ्जु घिमिरेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारणसभाको प्रमुख अतिथि समेत रहनु भएकी सुस्ता गाउँपालिका पुर्व उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले सहकारी संस्थामा आबद्ध महिलाहरू आर्थिक अनुशासनको परिधिभित्र रहेर आर्थिक क्रियाकलाप गर्न सुझाव दिदै आफ्नो आर्थिक अवस्था बलियो बनाउन आफुहरुले कमाएको रकम मध्य केही रकम बचाएर जम्मा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।

सो अवसरमा सुस्ता गाउँपालिका सहकारी संजालका संयोजक डिल्लीराम काफ्ले,महेन्द्र मा.वि. कुडियाका पुर्व प्र.अ. भुप नारायण चौधरी,महर्षी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक थिरलाल अधिकारी लगायतले सहकारी गतिविधि माथि प्रकाश पार्नुभएको थियो।


कार्यक्रममा अध्यक्ष घिमिरेले अध्यक्षको प्रतिवेदन,व्यवस्थापक कान्ति देवी चौधरीले आ.व. २०८१/०८२ को आयव्यय प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभामा आधा दर्जन सेयर सदस्यहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो।
२०७१ सालमा स्थापना भएको जोगियाभार महिला तथा कृषि सहकारी संस्थामा हाल २१३ महिला सेयर सदस्य रहेका छन।
साधारणसभामा कुल ८० लाख २८ हजारको आयव्यय प्रस्तुत गरिएको संस्थाले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot