राष्ट्रिय दैनिक / कपिलवस्तु ,५ पुस कपिलवस्तु नगरपालिका वडा नम्बर १० स्थित पचेहरामा कृषकका लागि आएको अनुदानको मल अवैध रूपमा भण्डारण गरी राखिएको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार गोरखनाथ बनियाको घरमा लुकाइ राखिएको १ सय २ बोरा युरिया र डीएपी मल बरामद गरिएको हो। उक्त मल किसानलाई वितरणका लागि आएको अनुदानको भएको जनाइएको छ। बरामद गरिएको मल इलाका प्रहरी कार्यालय पिपरामा लगिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।