बिनोद निगम / नवलपरासी , ५ पुष सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासीले सीमावर्ती क्षेत्रमा निगरानी कडा पार्ने क्रममा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मोबाइल सामग्री बरामद गरेको छ। शनिबार दिउँसो करिब ३ बजेको समयमा पाल्हीनन्दन गाउँपालिका–५, सिसवा स्थित सीमावर्ती क्षेत्रमा खटिएको सीमा सुरक्षा गुल्म हे.क्वा. हरपुरको टोलीले भन्सार छलि ल्याइँदै गरेको अवस्थामा मोबाइल टेम्पर ग्लास तथा मोबाइल कभर नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार बरामद गरिएको मोबाइल कभर र टेम्पर ग्लासको अन्दाजी मूल्य रु. १७ लाख ७० हजार रहेको छ। बरामद सामग्रीमा मोबाइल टेम्पर ग्लास तथा मोबाइल कभर गरी जम्मा ६ हजार पिस (६ कार्टुन) रहेका छन्। अवैध रूपमा सामग्री नेपाल भित्र्याउने प्रयास भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी टोली परिचालन गरिएको थियो। नियन्त्रणमा लिइएको सबै सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. का सूचना अधिकारी तथा डीएसपी गोबिन्द बहादुर के.सी. ले सीमावर्ती क्षेत्रमा अवैध ओसारपसार नियन्त्रण गर्न निगरानी अझ कडा बनाइएको र यस्ता गैरकानुनी गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने जानकारी दिनुभयो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।