Rashtriya Dainik

अनोमा घाटमा अन्तर्राष्ट्रिय बौद्ध भिक्षुहरूको सामूहिक शुत्र पाठ

आरपि उपाध्याय / नवलपरासी ,४ पुस

पश्चिम नवलपरासी सुस्ता गाउँपालिका ५ स्थित अनोमा घाटमा ठूलो सङ्ख्याका स्वदेशी र विदेशी बौद्ध भिक्षुहरुले सामुहिक शुत्र पाठ सहित पुजापाठ गरेका छन।

रुपन्देहीको लुम्बिनीबाट प्रस्थान गरेका बौद्ध भिक्षुहरु शुक्रबार बिहान ११ बजे सुस्ता स्थित अनोमा घाटमा आइपुगेका थिए।
अमेरिका,अष्ट्रेलिया,थाइल्यान्ड,भारत, म्यानमार,ताइवान लगायत १३ राष्ट्रका बौद्ध भिक्षुहरु सुस्ताको अनोमा घाटमा आइपुग्दा बौद्ध विहार अनोमा घाटका पदाधिकारी सहित ठूलो सङ्ख्याका उपस्थित नरनारीहरुले स्वागत गरेका थिए।

भगवान बुद्धको महा भिष्क्रमण तथा अनोमा प्रबज्या स्थल अनोमा नदी हालको नारायणी नदी किनारमा रहेको र सोही स्थलमा भगवान बुद्धले राजसी पहिरन त्याग गरि योगिको रुपमा भारत प्रवेश गरेको स्थल रहेको बौद्ध विहार अनोमा घाट व्यवस्थापन समितिका अध्यक्ष सुग्रीब यादवले जानकारी दिएका छन।
बौद्ध भिक्षुको रुपमा अनोमा घाट आइपुग्नु भएकी अष्ट्रेलियन नागरिक बौद्ध भिक्षु शान्ताचार्यले धन,सम्पत्ति पर्याप्त भएर पनि मनको शान्ति नभएबाट मनको शान्तिको लागि नै बुद्ध शिक्षा उपयोगी रहेकोेले त्यही शिक्षा ग्रहणका लागि नेपाल भारतमा रहेकोे बौद्ध गुम्बाहरुमा शुत्र पाठ र धर्म देशना निमित्त आफुहरुको यात्रा केन्द्रित रहेको प्रतिक्रिया दिनुभएको छ।

नेपालको कपिलवस्तुदेखि भारतको बैसालीसम्मको यात्रामा निस्केको बौद्ध भिक्षु र भिक्षुणीहरुको टोलीले भगवान बुद्धको पालनपोषण गर्ने माता महाप्रजापती गौतमीले गर्नुभएको पदयात्रालाई स्मरण गर्दै आजैका दिनमा आफुहरुले पदयात्रा गर्दै सामुहिक शुत्र पाठ गरेको भिक्षुणी संघकी एक भिक्षुणी शाक्य धमनिनाले जानकारी दिनुभएको छ।

अनोमा घाटमा आएका बौद्ध भिक्षुहरुले नदीको किनारमा २ घण्टासम्म शुत्र पाठ गरि भगवान बुद्धद्वारा प्रतिपादित शिक्षा सम्बन्धि प्रवचन पनि ग्रहण गरेका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित