राष्ट्रिय दैनिक / नवलपरासी ,४ पुस पश्चिम नवलपरासीमा पछिल्ला दुई दिनदेखि चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ। चिसोका कारण दैनिक जीवनयापनमा कठिनाइ बढ्नुका साथै पशु–पन्छीसमेत प्रभावित भएका छन्। विशेषगरी जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरू चिसोको प्रत्यक्ष जोखिममा परेका छन्। चिसो बढ्दै जाँदा स्वास्थ्यसम्बन्धी समस्या देखिन सक्ने भएकाले सतर्कता आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। चिसोका कारण विद्यालय, खेतबारी, मजदुरी तथा सर्वसाधारणको आवतजावतमा समेत असर परेको छ। स्थानीय बासिन्दाले आगो ताप्ने, न्यानो कपडाको अभाव र स्वास्थ्य सेवासम्म सहज पहुँच नहुनु समस्याको रूपमा देखिएको बताएका छन्। यस अवस्थामा पश्चिम नवलपरासीका ७ वटै स्थानीय तहले शीतलहरको सम्भावित जोखिमलाई ध्यानमा राख्दै विपद् पूर्वतयारीमा तत्काल जुट्नुपर्ने आवश्यकता देखिएको छ। न्यानो कपडा वितरण, सचेतनामूलक कार्यक्रम, अस्थायी आगो ताप्ने स्थान तथा स्वास्थ्य निगरानीलाई प्राथमिकता दिन सरोकारवालाहरूले आग्रह गरेका छन्। समयमै गरिएको तयारीले चिसोबाट हुने मानवीय र पशुधन क्षतिलाई न्यूनीकरण गर्न सकिने विश्वास गरिएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।