राष्ट्रिय दैनिक / नवलपरासी ,२६ मंसिर पश्चिम नवलपरासीको सरावल गाउँपालिका स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन समारोह सम्पन्न भएको छ। उक्त कार्यक्रममा समाजसेवी तथा सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले शिक्षा क्षेत्रमा दीर्घकालीन सहयोगका लागि अक्षयकोष स्थापना गरिँदै १ लाख १ रुपैयाँ सहयोग घोषण गर्नु भएको छ। यादव लामो समयदेखि सरावल गाउँपालिकाभित्रका गरिब, अति विपन्न तथा असहाय परिवारहरूलाई निरन्तर सहयोग गर्दै आएका सामाजिक अभियन्ता हुन्। समाजप्रति जिम्मेवारीपूर्ण भावनासहित अघि बढिरहेका यादवको सक्रियता स्थानीय स्तरमा प्रशंसनीय मानिएको छ। समाजसेवी यादवद्वारा गरिएको यो योगदानले स्थानीय शिक्षाक्षेत्रलाई थप उर्जा दिएको आयोजक समितिको भनाइ छ। सरावल गाउँपालिका वडा नम्बर ६ गडाैरीमा अवस्थित महेन्द्र जनता मा.बि मा पालिका स्तरीय अन्तर विद्यालय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखी सुरु भएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।