सुस्ता–२ धरमपुरामा १० शय्याको पालिकास्तरीय अस्पतालको शिलान्यास, करिब १० करोड लागतमा निर्माण हुने

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ मंसिर

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ धरमपुरामा १० शय्याको पालिकास्तरीय अस्पताल निर्माणका लागि आज शिलान्यास गरिएको छ। सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले एक विशेष समारोहबीच अस्पताल निर्माणको औपचारिक रूपमा शिलान्यास गर्नुभएको हो।

कार्यक्रममा बोल्दै अध्यक्ष उपाध्यायले आफ्नै कार्यकालभित्र अस्पताल निर्माण सम्पन्न गरी स्थानीयवासीलाई आफ्नै पालिकाभित्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको बताउनुभयो।
“यस क्षेत्रका नागरिक सामान्य उपचारका लागि समेत टाढाका अस्पताल धाउन बाध्य थिए। आजको शिलान्यास त्यस समस्याको दीर्घकालीन समाधानतर्फको महत्वपूर्ण कदम हो। निर्धारित समयमै निर्माण सम्पन्न हुनेमा हामी पूर्ण रूपमा विश्वस्त छौँ,” उहाँले भन्नुभयो।

झन्डै पौने ९ कठ्ठा क्षेत्रफलमा अस्पताल भवन निर्माण गरिने छ। यसका लागि १३ करोड ७५ लाख रुपैयाँको लागतमा ठेक्का आह्वान गरिएको थियो। प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालका अनुसार निर्माण कार्यका लागि सुरेन्द्र अर्बिट–शिवदेव जेभी कम्पनीसँग ९ करोड ९० लाख रुपैयाँमा ठेक्का सम्झौता सम्पन्न भइसकेको छ।

अस्पताल निर्माणका लागि स्थानीय समाजसेवी चेतनारायण न्यौपानेले ४ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ। बाँकी आवश्यक जग्गा भने खरिद गरिएको छ। यसमा स्थानीयवासीबाट पनि उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको जनाइएको छ, जसले समुदायको स्वास्थ्यप्रति चासो र सहकार्यलाई स्पष्ट रूपमा देखाएको छ।

२०८२ साल मङ्सिर १५ गते सम्झौता भएको उक्त अस्पताल निर्माण कार्य २०८३ साल मङ्सिरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। संघीय सरकारको अनुदान तथा सुस्ता गाउँपालिकाको लागत साझेदारीमा अस्पताल निर्माण हुन लागेको हो।


अस्पताल सञ्चालनमा आएपछि यहाँ आधारभूत उपचार, आकस्मिक सेवा, सुत्केरी सेवा लगायतका स्वास्थ्य सेवाहरू उपलब्ध हुने विश्वास गरिएको छ। यसले सुस्ता गाउँपालिका मात्र होइन, आसपासका बासिन्दालाई समेत ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

स्थानीयवासीहरूले अस्पताल सञ्चालनपछि सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुने आशा व्यक्त गरेका छन्। यो अस्पताल सुस्ता गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक उपलब्धि बन्ने विश्वास लिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot