“सरावलमा अपांगता दिवस सम्पन्न : अन्तरक्रिया र अभिमुखिकरणले बढायो सजगता”

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवस विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ।

गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा अपांगता भएका व्यक्तिहरू, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रम उपाध्यक्ष बासमती हरिजनको अध्यक्षता र अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा सहभागीहरूको जिज्ञासालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले अपांगता भएका व्यक्तिहरूको अधिकार, पहुँच र समावेशितालाई प्राथमिकता दिएको जानकारी गराउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यसैगरी सरावल अपांगता सञ्चालकका उपाध्यक्ष दुधनाथ चौधरी, एन्जियाेकर्मी कविता कलवार, पत्रकार उमेश बि.क. लगायतले अपांगता दिवसको अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै समुदायमा अपांगता विषयक सचेतना र समर्थन आवश्यक रहेको धारणा राखे।

सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्मका अपांगता भएका व्यक्तिहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए।
कार्यक्रमको सहजीकरण सामाजिक अभियन्ता उमेश कुमार बि.क.ले गर्नुभएको थियो।
योजनाशाखा प्रमुख इश्वरी प्रसाद खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महिला बिकास निरीक्षक सन्जिता रौनियारले गर्नुभएको थियो।

सरावल गाउँपालिकामा मनाइएको ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसले अपांगता भएका व्यक्तिहरूको अधिकार र समावेशी समाज निर्माणतर्फ महत्वपूर्ण सन्देश प्रवाह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot