श्रम र सीपलाई शिक्षासँग जोडेर अधि बढन जरुरी : निर्वतमान संघिय सांसद सरिता भुषाल

कृष्ण ढकाल /नवलपरासी ,१६ मंसीर

पश्चिम नवलपरासीको बर्दघाट–२,चिसापानीमा रहेको दिव्यज्योति बहुमुखी क्याम्पसले आफ्नोे ३६औं स्थापना दिवसको अवसर परेर पुस्तकालय भवनको समुद्घाटन गरेको छ ।

पुस्तकालय भवनको समुद्घाटन कार्यक्रममा बोल्दै निर्वतमान संघिय सांसद सरिता भुषालले श्रम र सीपलाई शिक्षासँग जोडेर अधि बढनु पर्ने धारणा राख्नुु भएको थियो । उहाँले नैतिक शिक्षालाई समेत नजोड्नेहो भने सबैले परिकल्पना गरेको सभ्य समाज निमार्णमा समस्या आउने बताउनु भयो । त्यसैगरी देशमा नै टिक्न र विक्न सक्ने गरी बिद्यार्थीहरु उत्पादन गर्ने देखि बिद्यार्थीहरुको चाहना अनुसारको गुणस्तरीय पढाइमा जोड दिएर जिल्ला बाहिर पढ्न जानुपर्ने बाध्यताको अन्त गर्न जरुरी रहेको बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले बर्दघाट नगरको मात्र नभएर जिल्लामा नै पहिलो र नगरपालिका स्थापना गर्न महत्वपूर्ण सुचाङ्क पुरागरेको चिसापानी बहुमुखी क्याम्पसले अब राष्ट्रलाई आवश्कता हुने खालको जनशक्ति उत्पादन गर्न सक्ने गरी अघिबढनु पर्ने धारणा राख्नु भएको थियो । त्यसैगरी नगरका योजना तथा कार्यक्रमहरु बनाउदा आवश्यक पर्ने खोजी अनुसन्धानका रिर्पाेट तथा तथ्याङ्कहरु नगरसँग नभएको अवस्थामा अनुसन्धान गर्ने कार्यमा बर्दघाटनगर क्याम्पस सँग सहकार्य गर्न तयार रहेका समेत बताउनु भएको थियो ।

दिव्यज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता निर्वतमान संघिय सांसद सरिता भुषालको प्रमुख आतिथ्यता र प्रध्यापक शेषकान्त पौडेलको सञ्चालन रहेको उक्त पुस्तकालय भवनको समुद्घाटन कार्यक्रममा बोल्दै क्याम्पसका पूर्व सञ्चालक समिति अध्यक्ष बृहस्पति अधिकारीले सबै दल मिलेर चिसापानी क्याम्पसलाई शिक्षाको हव बनाएर लैजान सबैले आ–आफनो क्षेत्रबाट पहल गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

सबैदलहरुको तर्फबाट बोल्दै नेपाली कान्ग्रेसका जिल्ला सचिव कुलदिप आचार्यले नेपालका सामुदायिक क्याम्पसहरु मध्ये धनी क्याम्पसका रुपमा रहेर पनि आफ्नो दायरा अनुसारको सेवा दिन नसकेको भन्दै स्थानिय राजनितिक दल र क्याम्पस सञ्चालक समितिले त्यस तर्फ पहल गर्न जरुरी रहेको बताउनु भयो ।

दिव्यज्योति बहुमुखी क्याम्पस प्रध्यापक संघकी अध्यक्ष शित्तल शर्माले क्याम्पसमा स्थापना गरीएको पुस्तकालले धेरै बिधार्थिलाई रिसर्चमा सहयोग पुग्ने बताउदै सामुदायिक पुस्तकालयका रुपमा विकास गर्नु पर्ने र ईलाईवेरीलाई समेत जोडेर अघिबढ्नु सुझाब राख्नु भएको थियो ।

पुस्तकालय भवनको समुद्घाटन कार्यक्रममा बोल्दै दिव्यज्योति बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष पुण्यप्रसाद पौडेलले शिक्षा,संस्कार र सृजनशीलताको यात्रामा वर्तमान सञ्चालक समिति निरन्तर अग्रसर भएर लागि परेको बताउनु भएको थियो । अहिले क्याम्पस आफैले केहि आर्थिक स्रोत जुटाउने देखि भौतिक निर्माण र गुणस्तरीय शिक्षामा समेत आत्म निर्भर हुनेगरी काम गरीरहेको अध्यक्ष पौडेलले उल्लेख गर्नु भयो । आन्तरीक रुपमा, यूजिसी मार्फत र वडा,नगर तथा प्रदेशबाट समेत गरी ५ सय बढि बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न क्याम्पस सफल भएपछि बिद्यार्थीहरुको संख्या बढेर गएको बताउनु भयो ।

१६ सय ४७ बिद्यार्थीहरुले अध्ययन गरीरहेको दिब्य ज्योती बहुमुखी क्याम्पसले स्थानीय समाज र राष्ट्रको शैक्षिक उत्थानमा अतुलनीय योगदान पुर्याउने गरी वर्तमान सञ्चालक समिति,प्रध्यापक, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरू सबैले एउटै साझा सपना लिएर अधिबढेको क्याम्पस प्रमुख सागरमणी पाण्डेले बताउनु भएको थियो । मंगलवार समुद्घाटन गरीएको पुस्तकालय भवन ६६ लाखको लागतमा निर्माण गरीएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot