काठमाडौं ,१६ मंसिर
चिसो मौसम सुरु भइसकेको छ। यस्तो बेला नुहाउने कुरा सोच्दा पनि धेरैलाई आङ सिरिङ्ग हुन्छ। तर शरीरलाई स्वस्थ राख्न नुहाउनु अपरिहार्य छ। केही समयअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले लामो समय नुहाएको विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणीपछि ‘नुहाउने सही समय’ बारे चर्चा पुनः बलियो बनेको छ।
हाम्रो दैनिकीमा बिहान उठ्नेबित्तिकै नुहाउने बानी धेरैको हुन्छ। तातो पानीले १० मिनेट नुहाउँदा दिन सुरु गर्न सजिलो हुने तर्क बिहान नुहाउनेहरूको छ। तर राति नुहाउँदा फोहोर पखालिन्छ र राम्रो निद्रा आउँछ भन्ने तर्क पनि उस्तै बलियो छ।
वैज्ञानिकहरूले के भन्छन्?
नुहाउँदा शरीरको फोहोर, पसिना र चिलोपना हट्छ। दिनभर धुलो–धूमोले शरीरमा धेरै फोहोर जम्मा हुन्छ। त्यसैले राति नुहाउनु स्वच्छताका हिसाबले राम्रो जस्तो लाग्न सक्छ। तर University of Leicester का माइक्रोबायोलजिस्ट डॉ. प्रिमरोज फ्रीस्टोन भन्छन्–

राति नुहाएर ओछ्यानमा गए पनि
रातभर शरीरबाट पसिना निस्किरहन्छ
छालाका ५० हजारभन्दा बढी मृत कोषहरू झर्छन्
यी सबैले बिहान उठ्दा पनि शरीरमा दुर्गन्ध आउन सक्छ
उनका अनुसार राति नुहाउँदा फाइदा छ तर ओछ्यान सफा भएमा मात्र। तन्ना, तकिया र सिरकमा ब्याक्टेरिया हप्तौँसम्म बाँच्न सक्छन्। विशेषगरी दम भएका व्यक्तिका लागि त झनै जोखिमपूर्ण।
University of Hull की वरिष्ठ लेक्चरर होली विल्किन्सन को भनाइ :
“साँझ नुहाउनु भन्दा पनि ओछ्यान सफा राख्नु बढी महत्त्वपूर्ण हो।”
महिनौं नधोएको तन्नामा नुहाएर सुते पनि फाइदा हुँदैन।
धुलो, ढुसी र ब्याक्टेरियाले एलर्जीको जोखिम बढाउँछ।
निद्राका लागि राति नुहाउनु फाइदेकर
१३ वटा अध्ययनको विश्लेषणले देखायो :
सुत्नुभन्दा १–२ घण्टा अगाडि
१० मिनेट तातो पानीले नुहाउँदै
शरीर चिसिन थालेपछि ‘सर्केडियन सिग्नल’ सक्रिय भई
छिट्टै र गहिरो निद्रा लाग्छ
तर नतिजा अझ स्पष्ट गर्न थप अनुसन्धान आवश्यक छ।
अन्तिम निष्कर्ष : कुन समय राम्रो?
डॉ. फ्रीस्टोनका अनुसार बिहान नुहाउनु प्रभावकारी छ किनकि रातभरको पसिना र सूक्ष्मजीव हटेर शरीर ताजा हुन्छ।
तर विशेषज्ञहरूको साझा निष्कर्ष :
एकदिन एकपटक नुहाउँछौँ भने कुन समय भन्नेले खासै स्वास्थ्यमा फरक पार्दैन।
नुहाउने समयभन्दा ओछ्यान सफा राख्नु, छाला सुक्खा नबनाउनु र व्यक्तिगत बानी महत्वपूर्ण छन्।
छालाको स्वास्थ्यका लागि हप्तामा दुईपटक नुहाउनु पर्याप्त मानिन्छ—यदि कामले अत्यधिक फोहोर लाग्दैन भने।

विल्किन्सन भन्छिन्—
“फर्क त यही हो कि तपाईँ दिनमा ताजा महसुस गर्न चाहनुहुन्छ कि रातमा।”
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

