कृष्णानगरको नेत्र ज्योतिमा १०० विद्यार्थीलाई विद्युतीय सुरक्षा सचेतना

अजय मिश्र /कृष्णानगर,९ मंसिर

कपिलवस्तुको कृष्णानगर नगरपालिका–स्थित नेत्र ज्योति माध्यमिक विद्यालय, सौनहवाका विद्यार्थीलाई विद्युतीय सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णानगरको टोलीद्वारा आयोजित कार्यक्रममा कक्षा ९ र १० का गरी करिब १०० जना विद्यार्थीलाई विद्युत सम्बन्धी विविध महत्वपूर्ण जानकारी प्रदान गरियो।

कार्यक्रममा विद्युत आपूर्ति, विद्युत चुहावट, विद्युतको आधारभूत परिचय, विद्युतीय उपकरणबाट हुन सक्ने जोखिम, सुरक्षात्मक उपाय, तथा समयमै महसुल तिर्ने आवश्यकताको महत्व जस्ता विषयमा विस्तृत रूपमा प्रस्तुति दिइएको थियो।

वितरण केन्द्र कृष्णानगरका प्रमुख सुशील पौडेलले विद्यार्थीहरूलाई आफ्ना समुदायमा पनि विद्युत सुरक्षाबारे सचेतना फैलाउन आग्रह गर्दै, विद्युत चोरी नगर्ने, उपकरण सुरक्षित रूपमा प्रयोग गर्ने र समयमा महसुल तिर्ने सम्बन्धी सपथ गराएका थिए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जय प्रकाश चौधरी, विद्युत प्राधिकरणका कर्मचारी, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको विद्यालयले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot