राष्ट्रिय दैनिक / नवलपरासी ,६ मंसिर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आब ०८०/८१ लाई शैक्षिक सुधार बर्षको रुपमा सुरु गरेको थियो। सबै भन्दा बढी बजेट बिनियोजन शिक्षामा गरेको थियो ।६ करोड बढी बजेट शिक्षामा बिनियोजन गरिएको हो।फलस्वरूप सामुदायिक विद्यालयको नतिजा र गुणस्तरमा उल्लेख सुधार भएको नतिजाले देखाएको छ । १.नतिजा सुधार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा नगर केन्द्रित बनेको छ हालका जनप्रतिनिधि निर्वाचित हुँदा १२ प्रतिशत रहेको नतिजा जनप्रतिनिधिको अनवरत पहलले ५२ प्रतिशत पुगेको छ । २.प्रविधिमैत्री शिक्षा र शिक्षण सिकाई शिक्षकहरुलाई बिबिन्न तालिम सहित ल्यापटप प्रदान गरि प्रविधी मैत्री बनाउने प्रयत्न गरिएको छ। शिक्षण सिकाईलाई प्रविधी सग जोडेर सहज बनाउन विद्यालयहरुमा स्मार्ट बोर्ड जडान गरिनुका साथै गैरसरकारी सस्थाको समन्वयमा तालिम प्रदान गरी शिक्षकको दक्षतामा वृद्धि गरिएको छ । ३.मेरो २ मिनेट अभियान सञ्चालन बिद्यालय सरसफाइ राख्न मेरो दुई मिनेट अभियान चलाईएको छ ।बिद्यालयको सौन्दर्यीकरण गर्न बगैंचा निर्माण गरि विद्यार्थीहरुमा सकारात्मक उर्जा दिलाउने काम भएको छ ।उजाड विद्यालयहरु सुन्दर देखिन थालेका छ्न ।हरेक दिन विद्यार्थी र शिक्षकहरुले विद्यालय प्राङ्गण सरसफाइ गर्न २ मिनेट समय दिईने छ। ४.समान तलब सबै करार शिक्षकहरुको उच्च मनोबलका लागि नगरपालिकाले समान तलब प्रदान गरेको छ । आम अविभावक र शिक्षकहरुलाई सामुदायिक विद्यालय प्रतिको दृष्टिकोणलाई परिवर्तन गर्न नगर लागि परेको छ । ५.सम्पन्न पुर्वाधार सामुदायिक विद्यालयलाई भौतिक पुर्वाधारले सम्पन बनाउन नगरपालिकाले झण्डै आब ८०/८१ मा एक करोड रुपैयाँ बिनियोजन गरी काम अघि बढाएको थियो ।चुहिने टिनका छाना हटाई जिप्सन राखेर कक्षा कोठा आकर्षक बनाईएको छ । शिक्षकहरुलाई जवाफदेही बनाउन समुदायस्तरमा जोडिएको छ ।युग सुहाउँदो शिक्षाका लागि शिक्षण सिकाईलाई परिमार्जन गरिदै लगिएको छ। ६.शिक्षक सट्टा भर्ना महिला शिक्षक सुत्केरी बिदा बस्दा पठनपाठन नरिकियोस भनेर सो अवधिका लागि शिक्षक सट्टा भर्ना गर्ने ब्यवस्था नगरले मिलाएको छ ।यसले महिला शिक्षक सुत्केरी बिदा बस्दा अर्को शिक्षक राखी पठनपाठन निरन्तरता गर्ने ब्यवस्थापन मिलाईएको छ । ७.विद्यार्थी दुर्घटना उपचार कोष विद्यालय समयमा विद्यार्थी दुर्घटनामा परे वा विद्यालय हाता भित्र चोटपटक लागेमा दुर्घटना राहत कोष मार्फत उपचार गर्ने प्रवन्ध छ भने विद्यालय नर्स कार्यक्रम समेत प्रभावकारी बन्दा आम अविभावकले ढुक्क सग बालबालिका बिद्यालय पठाएका छ्न ।विद्यालय अब पुरानो सोच र शैली बाट भन्दा पृथक रुपमा पारिवारिक बाताबरण तयार भएको छ । ८.उत्कृष्ट बिधार्थि सम्मान यसै गरि नगरपालिकाले एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई भब्री कार्यक्रमको आयोजना गरि सम्मान समेत गरेको छ ।यसले विद्यार्थीहरुको मनोबल बढेको छ ।शिक्षाको गुणस्तर बिना नगरको समृद्धि र बिकास असम्भव जस्तै छ भन्ने कुरालाई आत्मसाथ गर्दै जनप्रतिनिधिहरु एकजुट भएर लागेका छन नगरपालिकाले आफ्नो शिक्षा ऎन बनाएको छ । ९.विद्यालय नर्स कार्यक्रम विद्यालयमा दुर्घटना वा कुनै चोटपटक लागेमा वा विद्यार्थी बिरामी भए नर्सको ब्यवस्था गरि तत्काल प्राथमिक उपचार गर्ने ब्यवस्था मिलाईएको छ ।यो कार्यक्रमले अविभावकहरु ढुक्क भएर आफ्ना बालबालिका सामुदायिक बिद्यालयमा पढाउने बाताबरण तयार बनेको नगरप्रमुख शम्भुलाल श्रेष्ठको भनाई छ । १०.नगरप्रमुख छात्रवृत्ति नगरपालिकाले शिक्षाबाट कोहि पनि बन्चित नहोउन भन्ने उदेश्यले मुलतः गरिब बिपन्न तथा बिपन्न विद्यार्थीहरुका लागि छात्रवृत्ति बितरण गर्दै आएको छ ।जसमा चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरु समेटिएका छ्न ।न्युनतम १० हजार देखि अधिकतम ६० हजार रुपैयाँ सम्म सोझै विद्यार्थीको खातामा जम्मा गर्ने ब्यवस्था मिलाईएको छ । ११.शिक्षकहरुलाई तालिम नगरपालिकाले शिक्षण सिकाईलाई युग अनुकुल बनाउन दक्ष प्रशिक्षकहरु बाट विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ ।पढाउने हैन सिकाउने हो भन्ने उदेश्यका साथ विभिन्न गैरसरकारी संघ सस्थाको सहकार्यमा तालिम हरु प्रदान गर्दै आईएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।