सरावल गाउँपालिकाले गर्यो आधुनिक प्रशासकीय भवनको भूमिपूजन, निर्माण औपचारिक रूपमा थालनी

६ करोड ८५ लाखको परियोजना पुस २०८४ भित्र सम्पन्न गर्ने लक्ष्य

राष्ट्रिय दैनिक / नवलपरासी,३ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बहुप्रतिक्षित आधुनिक प्रशासकीय भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

आज एक कार्यक्रम बिच सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, उपाध्यक्ष बासमती हरिजन र प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले संयुक्त रूपमा विधिपूर्वक भूमिपूजन गर्दै भवन निर्माणको शिलान्यास गरेका हुन्।

समारोहमा वडाध्यक्ष, स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज तथा संघ–संस्थाका अगुवाहरूको उल्लेखनीय उपस्थिति रह्यो।

गाउँपालिकाले प्रशासकीय भवनका लागि भ्याट/पीएस बाहेक रु. ८ करोड ३० लाख ६६ हजार १६८ अनुमानित लागत निर्धारण गरेको थियो। प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट बि.एम. सार्वजनिक जेभी, नुवाकोटले २८ प्रतिशत कम दर प्रस्ताव गर्दै भ्याटसहित रु. ६ करोड ८५ लाख ३६ हजार ९८४ मा ठेक्का हात पारेको गाउँपालिकाले जनाएको छ। सम्झौताअनुसार २०८४ पुस १५ गतेसम्म ढाइतले आधुनिक प्रशासकीय भवन निर्माण सम्पन्न हुने लक्ष्य छ।

शिलान्यास कार्यक्रममा अध्यक्ष चौधरीले “लामो समयदेखि प्रशासन सञ्चालनमा आएको भौतिक संरचनाको अभाव अब समाप्त हुँदैछ। स्थानीय सेवा–प्रवाहलाई आधुनिक, व्यवस्थित र जनमैत्री बनाउने दिशामा यो भवन निर्माण ऐतिहासिक उपलब्धि हो,” भनेर बताए।

उनका अनुसार गाउँपालिकाले आफ्नै नाममा जग्गा दर्ता गरेपछि सहरी विकास मन्त्रालयमार्फत बजेट सुनिश्चित भएको हो। उक्त परियोजनामा संघीय सरकारको ६० प्रतिशत र स्थानीय सरकारको ४० प्रतिशत लगानी रहनेछ।

कार्यक्रममा उपस्थित स्थानीय दलका प्रतिनिधि, सरोकारवाला र नागरिक समाजका अगुवाहरूले आधुनिक सुविधा सम्पन्न प्रशासकीय भवन बन्न लागेकामा प्रशंसा गर्दै समयमै, गुणस्तरीय र पारदर्शी निर्माण सुनिश्चित गर्न संयुक्त प्रतिबद्धता व्यक्त गरे।

नयाँ भवन तयार भएसँगै सरावल गाउँपालिकाले दिगो प्रशासनिक संरचना पाउने मात्र होइन, सेवा–प्रवाहमा देखिएका चुनौतीहरू हट्दै जनताले अझ सहज, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot