सरावलकाे विभिन्न नदीमा तस्करको खुला थलो, प्रहरी र जनप्रतिनिधिको मौन सहमति

राष्ट्रिय दैनिक / नवलपरासी ,३ मंसिर

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ र ६ को सिमानामा पर्ने बडसार खोला पछिल्लो समय अबैध बालुवा तस्करीको केन्द्र बनेको छ। दिनदहाडै बालुवा उत्खनन भइरहेको स्थानीयले बारम्बार गुनासो गरे पनि प्रहरीदेखि जनप्रतिनिधिसम्म सबै मौन बसिरहेको आरोप उग्र रूपमा उठेको छ।

त्यस्तै सरावल गाउँपालिका वडा नम्बर २ का नदीबाट पनि दिनदहाडै बालुवा उत्खनन हुन्छ । अझै बालुवाकाे डम्पिङ मुख्य बाटोमै हुन्छ।

स्थानीयका अनुसार प्रहरी त्यही बाटो ओहोर–दोहोर गरिरहन्छ, तर उत्खनन भइरहेको दृश्यहरू नदेखेझैँ गर्दै आँखामुनि अन्याय छोप्ने काम भइरहेको छ। जसले प्रहरी र तस्करबीच मिलेमतो रहेको शंका अझ प्रष्ट बनाएको छ।

त्यहाँका जनप्रतिनिधिहरूले अवैध उत्खननबारे थाहा पाउँदा पाउँदै मुद्दा उठाउन नचाहेको स्थानीयको भनाइ छ।
उनीहरू स्थानीय राजनीतिक स्वार्थ र ‘आफूले केही नबोले सबैसँग सम्बन्ध राम्रो रहने’ सोचका कारण बेथितिलाई प्रशय दिइरहेको आरोप छ।

सर्वाधिक चिन्ताजनक कुरा—पालिका नै नियामक निकाय भएर पनि पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत यस विषयमा थाहा नभएजस्तै व्यवहार गरिरहेको स्थानीयको कडा प्रतिक्रिया छ।
यसले पालिका नेतृत्वको क्षमता, ईमानदारी र जिम्मेवारीबोध नै प्रश्नचिन्हमा पारेको छ।

स्थानीयवासीहरू भन्छन्—“बालुवा तस्करी एकदिनका लागि होइन, वर्षौंदेखि चलिरहेको छ। प्रहरीलाई थाहा छ, वडालाई थाहा छ, पालिकालाई थाहा छ। तर सबै मिलेरै काम भइरहेको छ, त्यसैले कसैको मुख खुलेको छैन।”

स्थानीयको दाबी अनुसार रातदिन निरन्तर चल्ने उत्खननले खोला क्षेत्र नष्ट हुँदै ,अवैध कारोबार बढ्दै ,राजस्व चुहावट भैरहँदा पालिका र प्रहरी दुवै मौन देखिन्छन्।

कानुन स्पष्ट छ—खोला उत्खनन नियमन, निगरानी र नियन्त्रण गर्ने दायित्व प्रहरी र पालिका दुबैको हो। तर जनप्रतिनिधि मौन, प्रहरी बेखबर, नेतृत्व अनुत्तरदायी र नियामक कमजोर हुँदा खोला तस्करको स्वर्ग बन्न पुगेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot