Rashtriya Dainik

१२ हजार घुससहित रंगेहात समातिएका नायब सुब्बा धमलाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं,२ मंसिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला अदालतका नायब सुब्बा राम प्रसाद धमलाविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दर्ता गरेको हो।

धमलाले बैनाबट्टा लेनदेनसम्बन्धी मुद्दाको फैसलाको प्रतिलिपि उपलब्ध गराइदिने नाममा सेवाग्राहीसँग घुस माग गरेकोबारे उजुरी परेपछि आयोगले अनुसन्धान अघि बढाएको थियो।

आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात नियन्त्रणमा लिएको हो।

आयोगले धमलाविरुद्ध बिगो १२ हजार रुपैयाँ कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागदाबीसहित मुद्दा दायर गरेको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित