सामाजिक सञ्जालमा बढ़्दो भ्रमपूर्ण सामग्रीप्रति प्रेस काउन्सिलको कडा चेतावनी

राष्ट्रिय दैनिक /काठमाडौँ,२ मंसिर

प्रेस काउन्सिल नेपालले पछिल्ला दिनमा सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल र फेसबुक पेजमार्फत गलत, निराधार, भ्रमपूर्ण, गालीगलौजयुक्त तथा अश्लील सामग्री वृद्धि हुँदै गएको भन्दै कडा आपत्ति जनाएको छ। काउन्सिलले यस्ता सामग्रीले राष्ट्रियता, स्वाधीनता, सामाजिक सद्भाव र सार्वजनिक शिष्टतामा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।

काउन्सिलका अनुसार मिडियामा दर्ता नभएका कतिपय च्यानल तथा पेजहरूले “सामाजिक सञ्जाल नै आधिकारिक मिडिया” हो भन्ने भ्रम सिर्जना गर्दै भ्युयर बढाउने र आर्थिक लाभ लिन मात्र उद्देश्य राखी अतिरञ्जित शीर्षक, उत्तेजक थम्बनेल तथा अफवाहपूर्ण सामग्री प्रसारण गर्दै आएको अनुगमनमा भेटिएको छ।

कानुनी कारबाही अघि बढाइने

काउन्सिलले यस्ता गतिविधि प्रचलित कानुन र आचारसंहिता विपरीत रहेको स्पष्ट गर्दै सम्बन्धित च्यानल तथा व्यक्तिमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ।
समस्या समाधानका लागि काउन्सिलले सरकारका निकाय तथा सरोकारवालासँग समन्वय गरिरहेको जानकारीसमेत प्रदान गरेको छ।

सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आह्वान

काउन्सिलले पेसागत आचारसंहिताविपरीत सामग्री प्रसारण नगर्न आग्रह गर्दै “तथ्यहीन, उत्तेजक, अश्लील, अमर्यादित, जातीय–धार्मिक आहत पुर्‍याउने, सार्वजनिक नैतिकता भंग गर्ने” सामग्रीमा संलग्न हुन बन्द गर्न चेतावनी दिएको छ।
साथै, आफूलाई पत्रकार वा अभियन्ता दाबी गर्दै सामाजिक सञ्जालमा दुष्प्रचार, अफवाह वा सनसनी फैलाउने कार्यले फौजदारी कानुनसमेत आकर्षित हुन सक्ने काउन्सिलले स्मरण गराएको छ।

मिडियालाई दर्ता र स्वघोषणाको व्यवस्था गर्न सुझाव

काउन्सिलले सञ्चारमाध्यम तथा सञ्चारकर्मीले प्रयोग गर्ने सामाजिक सञ्जालमा देखिने आपत्तिजनक सामग्रीलाई सुधार गर्न अपिल गर्दै, नियमअनुसार दर्ता, अभिलेख अद्यावधिक तथा सामग्री प्रसारण नीतिबारे स्वघोषणा गर्ने व्यवस्था गराउन आग्रह गरेको छ।

प्रेस काउन्सिल नेपालका सहप्रवक्ता तथा सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा, काउन्सिलले “स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारितामैत्री वातावरण निर्माण”का लागि निरन्तर अनुगमन र आवश्यक कदम चालिरहने प्रतिबद्धता व्यक्त गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot